चार स्थानीय तहका नागरिकलाई भिमादबाट राष्ट्रिय परिचयपत्र सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३०

भिमाद नगरपालिकाको कार्यालयबाट विभिन्न स्थानीय तहका नागरिकहरूलाई लक्षित गरी राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा आएको छ । भिमाद नगरपालिकाले मंगलबार सूचना जारी गर्दै बायोमेट्रिक विवरण संकलन तथा फोटो खिच्ने कार्य नगरपालिकाको कार्यालयबाटै सुरु भएको जनाएको छ ।

भिमादबाट भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ तथा म्याग्दे गाउँपालिका वडा नं. ५ का नागरिकलाई सेवा प्रदान गरिने भएको छ ।

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलद्वारा हस्ताक्षरित सूचना अनुसार उल्लिखित क्षेत्रका सर्वसाधारण नागरिकहरूले राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिन र फोटो खिचाउन भिमाद नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

भिमादमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालनका लागि आवश्यक सामग्री जडानको काम सोमबारदेखि सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुई वटा विवरण दर्ता स्टेशन स्थापना गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले भिमादको स्टेशनबाट भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका नागरिकले स्थानीयस्तरबाटै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पाउने बताए । यसबाट पश्चिमी तथा दक्षिणी क्षेत्रका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन दमौली आउनुपर्ने बाध्यता कम हुनेछ ।

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको चाप बढेपछि सेवा विस्तार गर्न भिमादमा स्टेशन राखिएको हो । प्रशासन कार्यालयले सेवाग्राहीको चापअनुसार जनशक्ति र उपकरण थप गर्नसमेत माथिल्लो निकायमा पत्राचार गरेको छ । भिमादमा दुई वटा स्टेशन सञ्चालनमा आएपछि दमौलीमा रहेको चापसमेत घट्ने अपेक्षा गरिएको छ ।

यसैगरी भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नागरिकलाई लक्षित गरी डुम्रे आसपासमा अर्को विवरण दर्ता स्टेशन स्थापना गर्ने तयारीसमेत भइरहेको छ । प्रजिअ तिवारीका अनुसार उक्त स्टेशनका लागि कार्यालय व्यवस्थापनको लागि स्थान खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक