तनहुँ । भदौ ३०
तनहुँ क्षेत्र नम्बर २ का सांसद ई.श्रीराम न्यौपानेको उपस्थितिमा घिरिङ गाउँपालिकामा बुधबार ‘सांसद जनसंवाद कार्यक्रम–३’ सञ्चालन हुने भएको छ । नागरिकका समस्या, सुझाव तथा स्थानीय विकास निर्माणका विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।



स्थानीयस्तरमै पुगेर जनताका गुनासो सुन्नका लागि घिरिङ गाउँपालिकाका विभिन्न स्थान र समय तालिका तय गरिएको छ ।

जस अनुसार विहान ८ बजे वडा नम्बर ४ को नयाँटार, ९ बजे वडा नम्बर ४ कै गड्यौलीटार, १० बजे वडा नम्बर १ को वन्टार, ११ बजे वडा नम्बर १ को पुट्टार तथा १२.१५ बजे वडा नम्बर १ कै अत्रौलीमा उक्त कार्यक्रम हुने सांसद न्यौपानेको सचिवालयले जनाएको छ ।
उक्त कार्यक्रममा उपस्थिति भई आफ्ना समस्या, जिज्ञासा तथा रचनात्मक सुझावहरू राख्नका लागि सांसद न्यौपानेले सम्पूर्ण घिरिङवासी आम नागरिक, युवा तथा सरोकारवालाहरूमा हार्दिक अपिल गरेका छन् ।












