यस्तो छ–वडाबाट क्षेत्रीय प्रतिनिधि छनोट हुने कांग्रेसको व्यवस्था

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ३०

नेपाली कांग्रेसले युवा, दलित, महिला, अपाङ्गता लगायत अनिवार्य छनोट गर्ने गरी वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।

एक सय ५० क्रियाशील सदस्य रहेको वडाबाट २१ जना, तीन सय रहेको वडाबाट ३० जना, चार सय ५० सदस्य रहेको वडाबाट ३९, जना, ६ सय सदस्य रहेको वडाबाट ४८ जना र ७५० भन्दा सदस्य रहेको वडाबाट ५५ जना वडा क्षेत्रीय प्रतिनिधि हुने गरी विधि बनाइएको छ ।

वडामा रहेका क्रियाशील सदस्यको आधारमा क्षेत्रीय प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ३ जना, तीन सय रहेको वडाबाट ५ जना, चार सय ५० सदस्य रहेको वडामा ७ जना, ६ सय सदस्य रहेको वडामा ९ र ७५० भन्दा सदस्य रहेको वडाबाट ११ जना महिला क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ । श्रमिक, पेशागत, दलित र अपाङ्गताबाट जतिसुकै सदस्य भएको वडा भएपनि सबै क्लस्टरबाट १÷१ जना क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन् ।

खुलातर्फ एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ५ जना, तीन सय रहेको वडाबाट ८ जना, चार सय ५० सदस्य रहेको वडामा ११ जना ६ सय सदस्य रहेको वडामा १४ र ७५० भन्दा सदस्य रहेको वडाबाट १७ जना छनोट गरि विधि बनाइएको छ ।
३० वर्ष नपुगेकाहरूबाट एक महिला अनिवार्य हुने गरी एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ३ जना, तीन सय रहेको वडाबाट ४ जना, चार सय ५० सदस्य रहेको वडामा ५ जना, ६ सय सदस्य रहेको वडामा ६ र ७५० भन्दा बढी सदस्य रहेको वडाबाट ७ जना क्षेत्रीय प्रतिनिधि हुनेछन् ।

समानुपातिकतर्फ एक सय ५० क्रियाशील सदस्य रहेको वडामा ६ जना, तीन सय रहेको वडाबाट ९ जना, चार सय ५० सदस्य रहेको वडामा १२ जना, ६ सय सदस्य रहेको वडामा १५ र ७५० भन्दा सदस्य रहेको वडाबाट १६ जना छानिने छन् ।
असोजको १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशनको मिति तय गरेको कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक