सूचनाको शक्ति र यसको परिणाम

Devghat Online

शेयर गरौ

ध्रुवराज पौडेल
चितवन (हाल अमेरिका)

आजको युग सूचना प्रविधिको युग हो । जोसँग सहि, तथ्यपरक र ताजा सूचना उपलब्ध छ त्यो व्यक्ति वा संस्था आज सर्वशक्तिमान बन्ने अवस्था छ । यी सूचनालाई कसले, कसरी, कुन अवस्थामा कहाँ र कुन माध्यमबाट प्रयोग गरेको छ भन्ने कुराले यसको प्रभावकारिता र परिणाममा ठुलो असर गरेको हुन्छ । विश्वका ठुला ठुला सत्ता परिवर्तनमा शक्ति राष्ट्रहरूको कस्तो हात रहेको हुन्छ भन्नेकुरा अन्तर्राष्ट्रिय घटनाक्रमबाट बेलाबेलामा पुष्टि भैरहेको छ । यस विषयमा मुख्यतः डिपस्टेट, अल्गोरिदम, मिडिया म्यानुपुलेशन र सत्ता परिवर्तन बीच कस्तो सम्बन्ध छ भन्नेकुरा बुझ्नु नितान्त आवश्यक छ । यस बारेमा विस्तृत रूपमा व्यख्या गर्ने हो भने त एउटा ठुलो थेसिस नै बन्नेछ तथापि यहाँ छोटकरीमा यसलाई बुझ्ने, विश्वका उदाहरणहरू कोट्याउने र समकालीन समयमा यसको प्रभाव विश्लेषण गर्ने सानो प्रयास गरिएको छ । यो कुनै देश विशेष, क्षेत्र विशेष, दल विशेष वा समुदाय विशेषको कुरा होइन । जब कुनै देशका नागरिकहरूको IQ level कमजोर छ वा चेतनास्तर कमजोर छ त्यसमा यी शब्दावली र अभ्यास गरिन्छन् ।

विगतमा विश्वमा यस्ता अभ्यासहरू कहाँ कहाँ भएका रहेछन् भन्ने बारेको सानो उदाहरण हेरौं :

पश्चिमा शक्ति (विशेषतः अमेरिका) को अनुकुलतामा भएका सत्ता परिवर्तनका घटनाहरू:
# सन् १९५३ मा इरानमा Mossadegh सरकार हटाउन CIA/MI6 को covert operation
# सन् १९५४ मा ग्वाटेमालामा CIA को PBSUCCESS अभियानपछि Árbenz सरकार पतन । अमेरिकी State Department को आफ्नै Foreign Relations of the United States अभिलेखमा CIA covert action को दस्तावेजी इतिहास उपलब्ध छ; ग्वाटेमालाको केसलाई State Department ले नै “important instance of the use of covert action” भनेर वर्णन गरेको छ।
# सन् १९६०-६१ मा कंगोमा Lumumba विरुद्ध अमेरिकी covert activity; उनको हत्या र त्यसपछिको सत्ता संघर्षमा अमेरिकी भूमिका ।
# सन् १९६३ मा दक्षित भियतनाममा Diem विरुद्ध सैनिक coup लाई अमेरिकाले समर्थन गरेको प्रमाण बाहिरिएको ।
# सन् १९७०-७३ मा दक्षिण अमेरिकी राष्ट्र चिलीमा Allende विरोधी राजनीतिक दल, मिडिया र covert activities मा अमेरिकी सहयोग; 1973 coup भएको ।
# सन् १९६४ मा ब्राजिलमा सैन्य coup लाई पुर्णरूपमा अमेरिकी समर्थन ।
# सन् १९८० मा निकारागुवामा Contra समर्थन तथा Sandinista सरकारविरुद्ध convert war.
# युक्रेनमा अमेरिकाले सोभियत संघ समर्थित सत्ता परिवर्तनका लागि अमेरिकी सरकारले 1991 पछि युक्रेनमा $5 billion भन्दा बढी सहायता लगानी गरेको सार्वजनिक रूपमा बताएको थियो। त्यसमा democracy, civil society, governance, media तथा institutional development कार्यक्रमहरू पनि थिए। त्यसपछि युक्रेनमा पुर्व कमेडियन तथा The servant of people नामक टेलिभिजन प्रस्तोता भोलोदिमिर जेलेन्स्कीले ७५% जनमतका साथ राष्ट्रपति पदमा जित हासपल गरेका थिए ।
# सन् २०१६ मा वेलायतलाई युरोपेली युनियनबाट ललग गराउनका लागि UK Independent Party- (UKIP ) का नेता Nigel Farage ले Brexit को राजनीतिक मागलाई लामो समयदेखि अघि बढाए; Boris Johnson र Michael Gove ले 2016 को निर्णायक Leave अभियानको नेतृत्व गरे; र Dominic Cummings तथा Matthew Elliott ले अभियानको रणनीति सञ्चालनमा ठूलो भूमिका खेले। अन्ततः 23 June 2016 मा भएको जनमतसंग्रहमा करिब 51.9% मत Leave र 48.1% Remain पक्षमा आयो। यसमा पनि मिडिया म्यानिपुलेशनको ठुलो हात थियो ।
# इराक, अफगानिस्तान, लिविया तथा सिरियामा सरकार परिवर्तन गर्न गराउनका लागि प्रत्यक्ष र परोक्षरूपमा मिडिया म्यानिपुलेशनको अहम स्थान रहेको कुरा चर्चामा रहँदै आएको छ ।
# सन् २०२४ मा वंगलादेशमा शेष हसिनाको सरकार ढालेर नयाँ सरकार गठन गर्न परोक्षरूपमा अमेरिकाको हात छ भनी बहस भैरहेको देखिन्छ यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि भएको देखिदैन ।
# सन् २०२५ सेप्टेम्बरको जेन्जी आन्दोलनको बारेमा त समाचारहरू यत्रतत्र छाइरहेकै छन् । यस आन्दोलन डिपस्टेट, अल्गोरिदम र मिडिया म्यानुपुलेशनको परिणाम हो भन्नेबारे धेरै अन्तर्राष्ट्रिय संस्था, नेपाल सरकारको प्रतिवेदन तथा स्वतन्त्र बुद्धिजीवी एवं विश्लेषकहरूले उठाइरहेको विषय हो । यसबारेमा सत्यतथ्य विस्तृत छानवीन पछि निष्कर्ष आउनेनैछ । अहिले पछिल्लोपटक आएको अमेरिकी सञ्चारगृह Grayzone को रिपोर्टले पहिलाका अड्कलबाजीलाई थप पुष्टि गर्ने आधार तयार गरेको छ ।

The Grayzone को 9 September 2026 को नयाँ रिपोर्टले leaked CEPPS documents को आधारमा NED र त्यससँग सम्बन्धित संस्थाहरूले नेपालका राजनीतिक तथा civic actors लाई लामो समयदेखि training/support गरेको दाबी गरेको छ। रिपोर्टले बालेन शाह, रवि लामिछाने सुदन गुरूङ, सागर ढकाल सहित केही नेपाली राजनीतिक व्यक्तित्वलाई त्यस्ता कार्यक्रमसँग जोड्छ। रिपोर्टले विशेषगरी 2017–2022 को Niti Sambad कार्यक्रम र CEPPS/NED संरचनाबाट आएको अमेरिकी funding तथा youth political organizing, leadership, social media र campaigning सम्बन्धी गतिविधिलाई जोडेको छ। अत: Grayzone को रिपोर्टलाई गम्भीर रूपमा जाँच्नुपर्ने investigative claim भन्न सकिन्छ । बुझ्नुपर्ने कुरा के छ भने NED र CIA एउटै संस्था होइनन्। NED 1983 मा अमेरिकी Congress द्वारा स्थापित nonprofit organization हो र यसको funding ठूलो मात्रामा अमेरिकी सरकारबाट आउँछ। तर NED का आलोचकहरूले यसलाई CIA को “soft-power successor” अथवा “cutout” भनेर वर्णन गर्छन्। Grayzone ले पनि यही दृष्टिकोण अपनाएको छ। नेपालको Gen-Z आन्दोलन र त्यसपछि बनेको नयाँ राजनीतिक संरचनामा विदेशी-funded organizations को वास्तविक प्रभाव कति थियो ? यसको उत्तर खोज्न Grayzone को रिपोर्ट मात्र होइन, उसले उद्धृत गरेका leaked documents को मूल सामग्री र CEPPS/NED/IRI का आफ्नै प्रकाशित records पनि हेर्नुपर्छ। यी कुराका बारेमा विस्तृत छानवीन र विश्लेषणहरू हुँदै जालान् र सत्यतथ्य बाहिर आउला पनि ।

लेखक: नेपाल सरकारको सेवा निबृत्त उपसचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता