यस्तो रह्यो ‘लभ स्टेशन’ को २ दिने कलेक्सन

Devghat Online

शेयर गरौ

पछिल्लो समय नेपाली सिनेमा बजार निकै सुस्ताएको छ । चर्चित एवं स्टार भनिएका नायक नायिकाहरुको फिल्म नै खासै चल्न सकेका छैनन् । यो बर्षको अन्तिम महिनासम्म आईपुग्दा पनि फिल्महरुको उत्साहजनक कलेक्सन भएको छैन जस कारण यस बर्ष नेपाली सिनेमाका लागि कालो बर्षकै रुपमा हेर्दा पनि फरक नपर्ला ।

यसैबीच शुक्रबारबाट लोकप्रिय नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ रिलिज भईरहेको छ । यस फिल्मले दर्शक हलसम्म भयंकर तान्ने विश्वास गरिएको थियो तर मौसमले पनि राम्रो साथ नदिदा फिल्मले भने जस्तो कलेक्सन गरेको छैन । त्यसोत फिल्मलले मिश्रित प्रतिक्रिया पनि पाईरहेको छ ।

फिल्मले २ दिनमा ५० लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबार भन्दा शनिबार फिल्मले दर्शकहरुको साथ बढि पाएको थियो । पछिल्लो समय फिल्महरु खासै नचलिरहेको अवस्थामा निर्माण टिम भने यो कलेक्सन र दर्शकहरुको साथबाट सन्तोष नै छ ।

करिब १ करोड ५० लाखको आसपासमा निर्माण भएको यो फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न ५ देखि ६ करोड सम्म कलेक्सन गर्नु पर्ने हुन्छ । उज्जवल घिमिरेले निर्देशन गरेको यो फिल्मलाई गोविन्द शाही र प्रदिपले संयुक्तरुपमा निर्माण गरेका हुन् । यता रामबाबु गुरुङले निर्देशन गरेको फिल्म साइलीले दोस्रो हप्तासम्म आईपुग्दा १ करोड ग्रस कलेक्सन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको