मुख्य मन्त्रीको प्रश्न सरकारको आँखा किन कालिगण्डकीमा मात्रै पर्छ? ‘देवघाट यही कालीगण्डकीमा पर्छ।’

Devghat Online

शेयर गरौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आफ्नो प्रदेशभित्र पर्ने कालिगण्डकी नदीमा डाइभर्सन गर्न नदिइने बताएका छन्।

कालिगण्डकीमा कुनै पनि हालतमा डाइभर्सन गर्न नदिने उल्लेख गर्दै मुख्यमन्त्री गुरूङले केन्द्र सरकारलाई अनावश्यक हस्तक्षेप नगर्न चेतावनी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका गुरूङले पत्रकारहरूसँग भने, ‘ब्रम्हा, विष्णु, महेश्वर आए पनि म कालीगण्डकी डाइभर्सन गर्न दिने छैन।’

शालिग्राम पाइने संसारकै महत्वपूर्ण नदी कालिगण्डकीलाई डाइभर्सन गर्न नदिने उनले बताए। ‘सरकारको आँखा किन कालिगण्डकीमा मात्रै पर्छ?,’ उनले प्रश्न गरे, ‘देवघाट यही कालीगण्डकीमा पर्छ।’

कालिगण्डकी डाइभर्सन गर्न केन्द्र सरकारले बजेट विनियोजन गरेकोमा मुख्यमन्त्री गुरूङले आपत्तिसमेत जनाएका छन्। ‘केन्द्र सरकारले डाइभर्सन गर्न बजेट छुट्टाएको रहेछ। दुई प्रदेशबीच बिबाद भयो भने मात्रै केन्द्र सरकारले मिलाउने हो। निहुँ खोजिखोजि उचाली उचाली झगडा गराउने होइन,’ मुख्यमन्त्री गुरूङले भने।

सत्तारूढ नेकपाकै महासचिव बिष्णु पौडेल अर्थमन्त्री भएका बेला स्याङजा र पाल्पाको सीमा क्षेत्रमा पर्ने राम्दीबाट कालीगण्डकी डाइभर्सन गरी तिनाउमा मिसाउने र जलविद्युतसमेत उत्पादन गर्ने कार्यक्रम घोषणा गरिएको थियो। केन्द्र सरकारले डाइभर्सन बनाउन बजेट विनियोजन गरेपछि योजना सुरू गर्नुपर्ने र गर्न नदिने भन्दै बिबाद सिर्जना हुँदै आएको छ। केही समयअघि बुटवल पुगेका नेकपा महासचिव पौडेलले कालिगण्डकीमा डाइभर्सन गरिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४