चितवन, साउन २२ ।
देवघाट गाउँपालिकाले जनप्रतिनिधिहरुका लागि आचारसंहिता बनाएको छ ।
जनप्रतिनिधिहरुलाई म¥यादित बनाउनका लागि नयाँ आचारसंहिता बनाएको हो । गाउँसभाबाट पारित भएका कार्यक्रमहरु विरुद्ध बोल्न नपाईने गरि आचार संहिता बनाएको देवघाट गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै गाउँसभाका सदस्यहरु कुनै पनि संघ संस्था वा उपभोक्ता समितिको अध्यक्ष वा प्रमुख पदमा रहन नपाईने गाउँपालिकाले बताएको छ । दोहोरो सुविधा हुने गरि दोहोरो पारिश्रमिक बुझन् नपाईने चालु आर्थिक बर्षका स्वीकृत निती तथा बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।