सन्दीप र आसिफको पुनरागमन ,यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा !!

Devghat Online

शेयर गरौ

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।

यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् ।

यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् ।

नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ ।

एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो