देवघाटको गोपीटारमा आकर्षक घुमाउने घर

Devghat Online

शेयर गरौ

देवघाट
देवघाट गाउँपालिका १ कोटाको गोपीटारमा आकर्षक घुमाउने घर निर्माण गरिएको छ । ग्रामिण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गन्डकी प्रदेश सरकारको होमस्टे प्रबद्र्धन कार्यक्रम अन्तर्गत सो घुमाउने घर निर्माण गरिएको हो । उक्त घर निर्माणकोलागि प्रदेश सरकार मार्फत दुई पटक गरि १५ लाख रुपैयाँ विनियोजन भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर
थापाले बताए । कुल २० लाख लागतको सो घुमाउने घर निर्माणमा अपुग
रकम स्थानीय बासिन्दाले श्रमदान गरेको गोपीटार सामुदायिक होमस्टेका अध्यक्ष हिरा गुरुङले जानकारी दिए । लोप हुँदै गईरहेको घुमाउने घरको संरक्षण गर्न तथा पर्यटकलाई आकर्षित गर्न उक्त घर निर्माण गरिएको
गुरुङले बताए । त्यसैगरि घुमाउने घरसँगै व्यवस्थित सौचालय पनि निर्माण
गरिएको छ । सो कोलागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा खटिएका युवाहरु परिचालन गरिएको वडा नम्बर १ का अध्यक्ष भिम गुरुङले बताए । सौचालय बनाउन मात्र २ लाख ५० हजार रुपीयाँ खर्च भएको
वडा अध्यक्ष गुरुङले बताए । गुरुङ संस्कतीमा आधारित उक्त घुमाउने घरमा पर्यटकलाई आकर्षित गर्न गुरुङ संस्कृतीका सबै बस्तुहरु राखिने होमस्टेका
अध्यक्ष गुरुङले बताए । उक्त घरको प्रचार प्रसार गर्न सकेमा
देवघ ाट घुम्न अ ाउने पर्यटकहरुलाई गोपीटार सम्म ल्याउन सकिने र ग्रामिण क्षेत्रको पनि पर्यटन प्रबद्र्धन गर्न सकिने गुरुङको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय