सडक सुधारको माग गर्दै सडक कार्यालयमा घेराउ

Devghat Online

शेयर गरौ

शुक्लागन्डकी नगरपालिकाको दुलेगौंडा र गाछेपानीका नागरिकहरुले पृथ्वीराजागमार्गको दुलेगौंडा–कोत्रे खण्डको सडक सुधारको माग गर्दै बुधबार डिभिजन सडक कार्यालय तनहँु घेराउ गरेका छन् । करिब एक सयको संख्यामा आएका स्थानीयबासिन्दाहरुले सडकको उक्त खण्ड जिर्ण हुँदा दैनिक जसो दुर्घटना भएको तथा धुलो र हिलोले बस्न नसक्ने अवस्था भएको कारण तत्काल सडक सुधारको माग गरेका हुन् ।
सडक विग्रिएको लामो समय भईसक्दा पनि मर्मतकोलागि कुनै पहल नगरेको हुँदा आफुहरु कार्यालय घेराउ गरेको स्थानीय शंकर पन्तले बताए । पटक पटक अनुरोध गर्दा पनि सडक मर्मत गर्न सम्बन्धित निकायले कुनै पहल नगरेको कारण बाध्य भएर दमौली आउनु परेको उनले बताए ।
दुलेगौंडाका व्यवसायी हरि रिमालले उक्त सडक जिर्ण हुँदा दैनिक जसो दुर्घटना हुने र त्यसले आफ्नै आँखा अगाडी मानवीय क्षती भएको देख्नु परिरहेको तथा पानी पर्दा हिलो र पानी नपर्दा धुलोले गर्दा घरमा बस्नै नसक्ने अवस्था पनी भएको बताए । उनले सडक मर्मतको यथार्थ जानकारी गराउन कार्यालयसँग आग्रह गरे । कार्यालय घेराउ गरेका स्थानीयबासीले एक घन्टा कार्यालय प्रमुखलाई कार्यकक्षमै बन्धक समेत बनाएका थिए ।
उनीहरुले आफ्नो मागको बारेमा जानकारी दिन प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देललाई पनि सडक कार्यालयमै बोलाएका थिए । सांसद सिग्देलले पनि उक्त सडक मर्मतको काम यथासिघ्र गर्न कार्यालयका कर्मचारीको ध्यानाकर्षण गराएका थिए । काम नगर्ने ठेकेदारलाई सँधै पर्खेर बस्ने भन्दा पनि उसलाई कालोसुचीमा राखेर काम अगाडी बढाउनु पर्ने सांसद सिग्देलको भनाई थियो । देशको मुख्य पर्यटकीय राजधानी पोखरा जाने मुख्य सडक पृथ्वीराजमार्ग जिर्ण हुँदा यात्रु तथा पर्यटकहरुमा नराम्रो सन्देश जाने हुँदा सडक सुधार र मर्मतको कामलाई तिब्रता दिनु पर्ने सांसद सिग्देलको भनाई थियो ।
उक्त खण्ड जिर्ण भएपछि डिभिजन सडक कार्यालयले ४ किमि सडक मर्मत गरि कालोपत्रे गर्न २०७३ साउन १२ गते निर्माण व्यवसायीसँग सम्झौता गरेको डिभिजन सडक कार्यालय तनहँुका प्रमुख विष्णु काफ्लेले बताए । आठ महिनाको सम्झौता अवधिमा कुनै काम नगरेपछि दोश्रो पटक २०७४ कार्तीक १२ गते पुनः म्याद थपिएको भन्दै काफ्लेले अव भदौ १५ गते भित्र काम गर्न उपस्थित नभए ठेक्का सम्झौता तोड्ने बताए ।
काठमाडौं स्थित रोशन सिद्धगढी जेभीसँग २ करोड ७१ लाख ६८ हजार ८०२ रुपैयाँको लागतमा उक्त ४ किमि खण्ड कालोपत्रे गर्ने सम्झौता भएको थियो । दोश्रो पटक थपिएको म्यादमा पनि कुनै काम नभएपछि कार्यालयले २०७५ चैत २५ गते उक्त निर्माण कम्पनीसँग स्पष्टिकरण समेत लिएको कार्यालयका सुचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताए । त्यसपछि पनि निर्माण कम्पनीको स्थलगत उपस्थित नभएपछि पुनः गत साउन २९ गते १५ दिनको म्याद दिई अन्तिम पटक ताकेता गरिएको र भदौ १५ गते भित्र उपस्थित भई काम सुरु नगरेमा ठेक्का सम्झौता तोडिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४