आमाका लागि सुरक्षाले गरिन् कपाल मुण्डन!!!

Devghat Online

शेयर गरौ

अभिनेत्री सुरक्षा पन्त अभिनीत कुनै फिल्म अहिलेसम्म बक्सअफिसमा खरो रुपमा उत्रन सकेका छैनन् । तर, उनको अभिनयको भने सधैं चर्चा हुने गर्दछ । फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् । उनी आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहन्नन् । न त उनलाई हिरोको वरिपरि नाच्ने र रोमान्स गर्ने भूमिका नै गर्नु छ ।
आफूले पाएको भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रूपमा स्थान बनाएकी सुरक्षा अहिले फिल्म ‘आमा’ को छायांकनमा व्यस्त छिन् । एकपछि अर्को फिल्म ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको गरिरहेकी उनले यो फिल्ममा अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिकामा छिन् । फिल्मले एक आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन् ।
अभिनेत्री सुरक्षा यो फिल्मको चरित्रमा यतिसम्म डुबेकी छन् कि वर्षौंदेखि महँगो स्याम्पूले स्याहारेको सिल्की कपाल मुण्डन गरेकी छन् । उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन् । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ । नेपाली फिल्ममा विरलै अभिनेत्रीले कपाल मुण्डन गर्छन् । यसअघि फिल्म ‘जाइरा’ मा अभिनेत्री नम्रता श्रेष्ठले कपाल मण्डन गरेकी थिइन् । प्रायः कस्ट्युम प्रयोग गर्छन् ।
सुरक्षाले फिल्ममा कपाल काट्नु पर्ने सिन भएका कारण कपाल मुण्डन गरेको बताइन् । राम्रो फिल्म बनाउने प्रयास भएकाले आफ्नोे तर्फबाट कुनै कम्प्रमाइज गर्न नचाहेको उनी बताउँछिन् । यो फिल्मबाट उनी निकै आशावादी छिन् । निर्देशक खनालको यो ड्रिम प्रोजेक्ट भनिएको छ । ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने उनको दाबी छ ।
दर्के झरी नपरेर यो फिल्मको छायांकन नियमित रुपमा हुन सकेको छैन । ३५ प्रतिशत दृश्यमा पानी देखाउनु पर्ने भएकाले अहिले फिल्मको छायांकन पानी परेको समयमा मात्र हुने गरेको निर्देशक खनाल बताउँछन् । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने गरेको उनको भनाई छ । पानी नपर्दा फिल्मको बजेट निकै बढेको उनले बताए । शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४