माल्टामा तीज बिशेष कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

माल्टा÷ गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज विशेष कार्यक्रम यही सेप्टेम्बर १ का दिन युरोपको माल्टामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्का केन्द्रिय सह— कोषाध्यक्ष सोमनाथ सापकोटाले शुभकामना मन्तब्य व्यक्त गदैे यस कार्यक्रम नेपाली दिदीवहिनीहरूसंगै तीज मनाउन पाएकोमा खुशी लागेको र सबै नेपाली चेलीहरुलाई तीजको शुभकामना दिदै एन आर एन ए माल्टालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष रेमलाल खनालले तीज नेपाली महिलाहरुको महान पर्व माल्टामा मनाउन सफल रहेको भन्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
लोक मौलिक, देश भक्तिले भरिएका लगाएत बिभिन्न लोकप्रिय गीतको नाचगानहरुको प्रस्तुती रहेको कार्यक्रममा नेपालीहरु देश छोडेर परदेशमा हुनु परेको बाद्यता र विदेशमा नै भएपनि सद्भाव कायम गदै अधि बढ्न नेपालीहरु एक आपसमा हातेमालो गर्नु पर्ने लगाएतका विषयलाई उठान गदै गीतबाट प्रस्तुत गरिएको थियो ।
दिदिबहिनीहरुको लागि प्रबेश निःशुल्क र दाजुभाइहरुको लागि प्रबेश शुल्क १० यूरो राखिएको कार्यक्रममा उत्कृष्ट कला प्रदर्शन गर्ने ५ जनालाई दोसल्ला र प्रसंशा पत्रले सम्मान समेत गरिएको थियो । २ सय भन्दाबढी नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा एन आर एन ए माल्टाकी महिला उपाध्यक्ष पुष्पा बुढा खनाल, महिला संयोजक यनी गुरुङ लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए । एन आर एन माल्टाका अध्यक्ष राजु अर्याल(बाुब)को अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव सन्देश केसीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू