सरकारले दशैंका अवसरमा आईतबार देखि लागु हुने गरी असोज १९ गरेसम्म रुट परमिट खुल्ला गरेको छ । यसले अब यातयात व्यवसायीलाई असोज १९ गरेसम्म रुट पर्मिट लिन नपर्ने भएको छ ।
दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ ।
सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ ।

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस
देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका












