सुनिल थापाले सलमानको फिल्ममा मुखियाको भूमिका निर्वाह गर्ने

Devghat Online

शेयर गरौ

नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ उपनामले परिचित कलाकार सुनिल थापाको नाम बलिउडमा पनि लोकप्रिय छ । उनले, बलिउडका केही सफल चलचित्रमा काम गरिसकेका छन् । ५ बर्ष अगाडि मात्र उनले नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’मा काम गरेका थिए ।

यसपछि, सुनिलले बलिउड चलचित्रमा काम गरेका छैनन् । अब, भने उनलाई बलिउड नायक सलमान खानको प्रोडक्शनबाट बन्न लागेको नयाँ चलचित्रबाट अफर आएको छ । ‘क्वाथा’ नामक चलचित्रमा सुनिलले काम गर्ने चर्चा चलेको छ । यो बिषयमा सुनिल भन्छन्–‘हो, मेरो कुराकानी भैसकेको छ । मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ । तर, लिखित सहमती भैसकेको छैन ।’

यो चलचित्रलाई करण भुटानीले निर्देशन गर्दैछन् । यही चलचित्रबाट नायिका कट्रिना कैफी बहिनी इसाबेल बलिउडमा प्रवेश गर्दैछिन् ।

सुनिलले चलचित्रमा मुखियाको भूमिकाका लागि अफर आएको बताए । उनका अनुसार, यो वास्तविक कथामा बन्न लागेको चलचित्र हो । डिसेम्बरमा चलचित्रको छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।