पाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

Devghat Online

शेयर गरौ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण गराएर फर्किएसँगै मन्त्रिपरिषद् बैठक सुरु भएको थियो ।

यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा.धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।

गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरे ।

कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले