फाईदाजनक पुदिना !

Devghat Online

शेयर गरौ

कतिपए तपाई हामीलाई थाहा नहुन पनि सक्छ पुदीनाका बारेमा । सामान्यतया हामी यसलाई अचारको रुपमा मात्रै प्रयोग गर्ने गर्छौ । यसलाई गाँउघरमा पतेना पनि भन्ने गरिन्छ । आज हामी त्यही पतेनाको फाईदाहरुको बारेमा केहि जानकारी दिन गईरहेका छौं । जो आयुर्बेदको हिसावले पनि मानव स्वास्थ्यमा यसको अत्यन्तै महत्व छ । त्यसैले हामी आज तपाईहरु लाई पुदिनाका फाईदाहरुका बारेमा जानकारी गराउन गईरहेका छौं ।
– यदि तपाईको टाउको दुखेको छ भने यसलाई पुदिनाले आराम दिन्छ । पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
– पुदिनाले ग्यास्टिक समस्या भएकाहरुको लागि पनि फाईदा गर्छ । पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमालेर लगातार प्रयोग गर्नाले जरैदेखि ग्यास्टिकको समस्या समाधान हुन्छ ।
– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।
– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।
– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।
– पुदिनाको सेवनले थकाई लाग्ने समस्या पनि निको हुन्छ ।
– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।
– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो हुन्छ ।
– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न