ट्रक जोगायो नारायणगढ–मुग्लिन सडकमा केवल बेरियरले !!

Devghat Online

शेयर गरौ

चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ ।

चिनीयाँ सरकारले निःशुल्करुपमा उपलव्ध गराएको ५०० मिटर केवल पर्यटन व्यवसायी मिङ्मा दोर्जे लामाले भन्सार, ढुवानी र जडान गरिदिनुभएको थियो । सो सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार परीक्षणका रुपमा २०७५ साउनमा पाँच किलोमा ३०० मिटर र मुग्लिन नजिकै २०० मिटर केवल बेरियर लगाइएको छ । पाँच किलोमा गत माघमा ३५ टन भार भएको नेपाली ट्रक ठोक्किएर नदीमा खस्नबाट बचेको थियो ।

दुईदिन अघि सोही हाराहारी भार बोकेको भारतीय ट्रक मुग्लिन नजिकै केवलमा ठोक्किएर नदीमा खस्नबाट रोकिएको खनालले बताउनुभयो । भारवाहन ट्रकको तुलनामा यात्रुबाहक बसको भार कम हुने भएकाले केवल प्रभावकारी देखिएको उहाँले जानकारी दिनुभयो । नेपालका यस्ता सडकमा यो केवलले दुर्घटनाबाट जोगाउन सक्ने देखिएको खनालको भनाइ थियो ।

सुरक्षित देखिएपछि नेपालका अन्य यस्ता सडकमा पनि केवल प्रस्ताव गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा बार कम्जोर हुँदा वर्षेनी धेरै सङ्ख्यामा सवारी साधन त्रिशूलीमा खस्ने गरेका छन् । सो सडकको विस्तारका क्रममा परीक्षणका रुपमा केवल जडान गरिएको हो । सो केवलबाट प्रभावित भएर पर्यटन व्यवसायी शेर्पाले करिव रु १५ लाख सहयोग गर्नुभएको थियो । एक मिटर अग्लो पोष्टमा पाँच लाइन केवल तन्काएर जडान गरिएको छ । साना सवारीसाधन ठोक्किएको अवस्थामा सो सवारीसाधन भने पछाडि धकेलिने छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक