चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज आज देखि १९ औं वर्षमा प्रवेश गरेकोछ । १८ वर्ष पुराभई १९ औं वर्षका प्रवेश गरेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले रेडियोको १८ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना समेत प्रदान गनुभएको छ । उहाँले एक विज्ञप्तीमार्फत स्थापनाकाल देखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गनुभएको हो । बिज्ञप्ति मार्फत प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्दता ब्यक्त समेत व्यक्त गनुभएको छ । चितवनको लोकप्रिय रेडियो सिनर्जी एफ एमले यस क्षेत्रको सामाजिक र आर्थिक बिकासका लागि स्थापनाकाल देखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफ एमले आफ्नो भूमिका निर्बाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ । रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेललेका अनुसार रेडियोले विगतका कार्यक्रमहरुलाई निरन्तरता दिदै १९ औं वर्षको प्रवेशमा विभिन्न कार्यक्रम समेत थप गर्ने बताउनु भएको छ । उहाँले स्रोता माझ पुग्ने उद्धेश्यले स्टुडियो बाहिर आयोजना गरीएको विद्यार्थीहरु विचको पब्लीक स्पिकिङ्ग च्याम्पियन, यमोसाको अवसरमा गरिएको झम्टा ठेकरा नृत्यु, तिज गीत प्रतियोगीता, बाल दिवसको दिनमा हुने बाल कवि सम्मेलन, हिड्दा हिड्दै जस्ता कार्यक्रमले सकारात्मक सन्देश दिएको वताउदै यी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तारता दिने बताउनु भयो । जस अन्तर गत पब्लीक स्पिकिङ्ग च्याम्पियनको सिजन २ को अडिसन मंसिर दोस्रो हप्ता बाट सुरु हुने बताउनुभएको छ । उहाँले वार्षीक उत्सवकै अवसरमा रेडियोले पुन जन वहस कार्यक्रम सुरु गरेको बताउदै यसलाई नियमीत रुपमा संचालन गरिने बताउनुभएको छ । वार्षीक उत्सवकै अवसरमा रेडियोले मेघौली र माडीमा जनवहस कार्यक्रम सम्मन गरिसकेको छ । यस संगै चितवनको लोकप्रिय र पहिलो रेडियो सिनर्जी एफ एमले यस वार्ष व्याण्डहरु विच गायन प्रतियोगीता गर्ने भएको छ । रेडियोका प्रोगाम म्यानेजर मनोज घिमिरेका अनुसार चितवन र नवलपुरका विभिन्न बार र होटलहरुमा गाउने कलाकारहरुले उक्त प्रयोगीतामा सहभागी हुने छन् । यस क्षेत्रमा लागेका कलाकारहरुको क्षमता विकास र कलकारहरुलाई व्यवसायीक बनाउने उद्येश्यले गायन प्रतियोगीता गर्न लागेको घिमिरेले जानकारी दिनुभयो । सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको हो ।
मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो
दमौली, मंसिर २५ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको