कालिका १ मा उद्धघोषण तथा क्षमता विकाश तालिम सुरु ।

Devghat Online

शेयर गरौ

पूर्वी चितवनको कालिका नगरपालिका वडा न १ को आयोजनामा तीन दिने उद्धघोषण तथा क्षमता विकाश तालिम आज देखि सुरु भएको छ । कालिका नगरपालिका वडा न १ का वडा अध्यक्ष लिला बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञ पुरी प्रमुख अतिथी रहेका थिए ।

प्रशासकिय अधिकृत पुरीले उद्धघोषण तालिमले व्यतित्व तथा क्षमता विकाशमा मद्धत पुग्ने बताए । वडा न १ का वडा अध्यक्ष गुरुङले उद्धघोषण तालिम लिदा हाम्रै क्षमता अभिवृद्धिमा टेवा पुग्नुका साथै अन्य व्यक्तिहरुसंग संवाद गर्दाहोस् या मञ्चमा आफ्ना कुरा राख्दा समेत अरुलाई प्रभाव पार्ने बताए । यस्तै वडा न ४ का वडा अध्यक्ष कृष्ण श्रेष्ठले बोल्ने क्षमताको जति बिकास गरे त्यति बिकाश हुनुका साथै रोजगार मुलक पनि बनोस् भनि प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा वडा न ५ का वडा सदस्य दिपक भट्राई, वडा न १ का वडा सदस्य खडानन्द सापकोटा लगाएतले शुभकामना व्यक्त गरेका थिए । यही ३० गते सम्म सञ्चालन हुने उद्धघोषण तथा क्षमता विकाश तालिममा चितवनका ख्याति प्राप्त सञ्चार कर्मीहरुले प्रशिक्षण दिने वडा न १ का वडा अध्यक्ष लिला बहादुर गुरुङले जानकारी दिए । तालिममा ४५ जना प्रशिक्षार्थीहरु रहेको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले