हर्दीखोलामा बोलेरो जिप दुर्घटना , मेयरले गरे एम्बुलेन्स लगेर घाइतेको उद्धार !

Devghat Online

शेयर गरौ

नवलपुरको गैडाकोट ३ हर्दीखोलामा बोलेरो जिप दुर्घटनामा परेको छ । हिजो (विहिवार) साँझ भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । हर्दी पुलबाट हर्दी गाँउ जादै गरेको बा ११ च ७०८३ नम्वरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनाको खबर थाहा पाएपछि गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आफै एम्बुलेन्स लगेर घाइतेको उद्धार गरी चितवन मेडिकल कलेज ल्याएका थिए । पौडेलले घाइते ल्याउँदा लागेको एम्बुलेन्स खर्च र उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताए ।  घाइते मध्य ७ जनाको अवस्था सामान्य र ७ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त