देवघाटमा रातारात गिटी बालुवा तस्करी

Devghat Online

शेयर गरौ

करिष्मा गुरुङ,देवघाट
देवघाटमा रातारात गिटी बालुवा तस्करी,  बढ्दो देखिन्छ । गत आइतबार बिहान  देवघाटको भुवनटारबाट ४ वटा ट्याक्टरहरु बालुवा चोरीको क्रममा प्रक्राउ गरेका थिए । देवघाट गाउँपालिकाको २ जना नगर प्रहरी सहित र इलाका प्रहरी कार्यलय देवघाटबाट प्रहरी सहायक निरीक्षक देवबहादुर बानियाको कमाण्डमा गएको ८ जनाको टोलीले उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा हो । सबै ट्याक्टरलाई एकरात प्रहरी नियन्त्रणमा राखी  सोमबार प्रति ट्याक्टर रु. १०,००० को दरले जरीवाना लिएर छोडीएको थियो र फेरी पनि यस्तै कार्य गरेमा जरिवाना प्रति ट्याक्टर रु. ५०,००० को दरमा गराउने गाउपालिकाको भनाई छ ।

देवघाट गाउँपालिका -५ भुवनटारमा विगत देखि नै गिटी बालुवा चोरी हुँदै आएको स्थानीयहरु बताउछन् ।

नियन्त्रणमा लिइएका ट्याक्टर चालक र सहयोगीहरुले भने देवघाट –५ मा समूहको भवन निर्माण गर्नको लागि गिटी बालुवा निकालेको दावी गरेका थिए तर सो भवन कहाँ र कहिले बनाउने पक्का नभएको र त्यसैको निहुमा वालुवा चोरी गरेको वडा अध्यक्ष यालबहादुर गुरुङको भनाई छ ।

बालुवा रातिको समयमा निकालेको र त्यसको केही कागजात नभएको हुँदा उक्त स्थानबाट गिटी बालुवा चोरी नै भएको वडा नं. ५ का वडा अध्यक्ष  गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी