देवघाटमा रातारात गिटी बालुवा तस्करी

Devghat Online

शेयर गरौ

करिष्मा गुरुङ,देवघाट
देवघाटमा रातारात गिटी बालुवा तस्करी,  बढ्दो देखिन्छ । गत आइतबार बिहान  देवघाटको भुवनटारबाट ४ वटा ट्याक्टरहरु बालुवा चोरीको क्रममा प्रक्राउ गरेका थिए । देवघाट गाउँपालिकाको २ जना नगर प्रहरी सहित र इलाका प्रहरी कार्यलय देवघाटबाट प्रहरी सहायक निरीक्षक देवबहादुर बानियाको कमाण्डमा गएको ८ जनाको टोलीले उक्त ट्याक्टरहरुलाई नियन्त्रणमा हो । सबै ट्याक्टरलाई एकरात प्रहरी नियन्त्रणमा राखी  सोमबार प्रति ट्याक्टर रु. १०,००० को दरले जरीवाना लिएर छोडीएको थियो र फेरी पनि यस्तै कार्य गरेमा जरिवाना प्रति ट्याक्टर रु. ५०,००० को दरमा गराउने गाउपालिकाको भनाई छ ।

देवघाट गाउँपालिका -५ भुवनटारमा विगत देखि नै गिटी बालुवा चोरी हुँदै आएको स्थानीयहरु बताउछन् ।

नियन्त्रणमा लिइएका ट्याक्टर चालक र सहयोगीहरुले भने देवघाट –५ मा समूहको भवन निर्माण गर्नको लागि गिटी बालुवा निकालेको दावी गरेका थिए तर सो भवन कहाँ र कहिले बनाउने पक्का नभएको र त्यसैको निहुमा वालुवा चोरी गरेको वडा अध्यक्ष यालबहादुर गुरुङको भनाई छ ।

बालुवा रातिको समयमा निकालेको र त्यसको केही कागजात नभएको हुँदा उक्त स्थानबाट गिटी बालुवा चोरी नै भएको वडा नं. ५ का वडा अध्यक्ष  गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न