२८ चैत्र, दमौली
दमौलीबाट प्रकाशित हुने दमौली खबर दैनिक पत्रिकाका संवाददाता राजेन्द्र परियारमाथी जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख पुर्णबहादुर अधिकारीले दुव्र्यहवार गरेको भन्दै नेपाल पत्रकार महासंघ तनहूँ शाखाले विरोध गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरि समाचार संकलनको क्रममा हिडेका पत्रकार परियारमाथी ट्राफिक प्रमुख अधिकारीबाट भएको दुव्र्यहवारको विरोध गरेको छ ।
यतिबेला नेपालमा सहित विश्व समुदाय नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित बनेको र कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले चैत ११ गतेबाट देशैभर लकडाउन गरेको यस्तो विषम् र भयावह अवस्थामा पनि नेपालका सञ्चारमाध्यम र पत्रकारहरुले ज्यान जोखिममा राखेरै आम जनतामाझ सचेतना अभिवृद्धि गर्ने, सूचना प्रवाह गर्ने, कोरोना भाइरस सङ्क्रमण फैलन नदिन निर्वाह गरेको भूमिका सबैका सामु छर्लङ्ग रहेको भन्दै विज्ञप्तिमा यस्तो विषम् परिस्थितिका बाबजुद चैत २७ गते समाचार सङ्कलन गरेर फर्किदै गरेका पत्रकार परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख अधिकारीद्वारा दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ तनहूँको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
आम जनताको सूसुचित हुन पाउने संवैधानिक हकप्रति पूर्ण रुपमा दायित्वबोध गर्दै लकडाउनका बाबजुद पनि राज्यको चौथो अङ्गले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मीमाथि सम्मानजनक व्यवहार हुनुपर्नेमा महासङ्घ स्पष्ट रहेको भन्दै यदि कुनै समाचारमा चित्त नबुझे त्यस उपर सम्बन्धित निकायमा उजुरी गर्ने लगायतका कानुनी बाटाहरु हुँदाहँुदै पनि पुरानो रिसिइबी, पुराना समाचारमा चित्त नबुझेको लगायतका कारण जनाई दुव्र्यवहार भएको भन्ने सञ्चारकर्मी परियारको भनाईले महासङ्घलाई थप चिन्तित तुल्याएको जनाईएको छ ।
पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आचार्य र सचिव उज्वल पौडेलले हस्तारक्षर गरेको विज्ञप्तिमा महाससञ्चारजगत, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवाला सहित देशका तिनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै कोरोना विरुद्ध लड्न सकिन्छ भन्ने मान्यता राख्ने सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ । साथै सुरक्षित र निर्वाध ढङ्गले पत्रकारलाई समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तनहूँँ लगायत सरोकारवाला निकायसँग माग गरिएको छ ।
यसैगरि दमौली खबर दैनिक तथा दमौली एफएमको प्रशारण संस्था तनहँु सञ्चार सहकारी संस्थाकी सचिव चिनु पोख्रेलले पनि विज्ञप्ति प्रकाशित गरि पत्रिका र एफएमका समाचारदाता तथा दमौली खबर डट कम अनलाईनका प्रमुख परियारलाई ट्राफिक प्रमुख अधिकारीले कार्यकक्षमा लगी हातपात र दुव्र्यहवार गरेको जनाएकी छिन् ।
चैत २७ गते समाचार संकलनकोलागि व्यास नपा ६ साँगे गएर फर्किँदा आफुलाई जिल्ला प्रहरी कार्यालय अगाडी लकडाउनको कार्यान्वयन गराउन बसेका ट्राफिक प्रहरीले रोकी कार्यालयमा लगेपछि ट्राफिक प्रमुख अधिकारीले अपशब्द बोल्दै दुव्र्यहवार गरेको र लौरोले पेटमा घोचेको पत्रकार परियारले बताए ।
विज्ञप्तिमा यसरी समाचार संकलनको क्रममा हिडेका पत्रकारलाई दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको हुँदा दुव्र्यहवारमा संलग्न ट्राफिक प्रमुखलाई कारवाही गर्न माग गरिएको छ ।
यसैगरि शुक्लागन्डकी नपा–४ बाट प्रशारण भईरहेको शुक्लागन्डकी एफएम तथा शुक्लागन्डकी एफएम डटकममा प्रकाशित ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्लागन्डकीमा युवतीलाई आईशोलेनमा राखियो’ भन्ने समाचारको विषयलाई लिएर सामाजिक सन्जाल फेसबुकमा जिके श्रेष्ठ नामको आईडीबाट सो एफ एम तथा अनलाईनका स्टेशन म्यानेजर राजन उपाध्यायलाई धम्की दिएको घटना प्रति तनहूँ मिडिया नेटवर्क प्रालिले विज्ञप्ति प्रकाशित गरि विरोध जनाएको छ ।
एफएमका सचिव ज्योती श्रेष्ठले चैत २८ गते प्रकाशित गरेको विज्ञप्तिमा कुनै पनि बाहानामा पत्रकारमाथी गाली गलौज गर्नु र मानहानी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै त्यस्तो कार्य सच्याउन माग गरिएको छ ।