गाउँ गाउँमा सरसफाई सम्बन्धी सचेतना जगाउँदै गाउँपालिका अध्यक्ष

Devghat Online

शेयर गरौ

२९ चैत्र, देवघाट


विश्वव्यापी माहामारीको रुप लिईरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन थालेपछी कोरोनाबाट ग्रामिण क्षेत्रका जनतालाई जोगाउन देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा गाउँ गाउँमा पुगी जनतालाई सेचतना जगाउन थालेका छन् ।
लकडाउनले गाउँपालिकाका अन्य कार्यक्रम स्थगित भएपछि अध्यक्ष थापा वडा नम्बर २ र ३ का ग्रामिण बस्ती बस्तीमा पुगी कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेतना जगाउन थालेका छन् ।


अध्यक्ष थापाले ति दुई वडाका टोलटोलमा पुगेर जनतालाई सरसफाई सम्बन्धी सचेतना जगाउन थालेका छन् । यससँगै अध्यक्ष थापाले ग्रामिण बस्तीका जनताको घर घरमा पुगी साबुन पानीले हातधुने तरिका समेत सिकाई साबुन समेत वितरण गर्न थालेका छन् ।
सरकार र जनताको सेचतनाले अहिले कोरोनालाई हामीले परास्त गरेपनि गर्मीयाम बढेसंँगै लाग्ने अन्य रोगको कारण जनताहरुलाई समस्या पर्ने हुँदा त्यसबाट बच्न पनि सरसफाईमा विशेष ध्यान दिनु पर्ने अध्यक्ष थापाले बताए ।

कोरोनासँगै अन्य रोगको संक्रमणबाट जोगिन राम्रोसँग साबुन पानीले राम्रोसँग हात धुने र पशु पन्छीका खोरहरुमा थप सरसफाई ध्यान दिनु पर्ने अध्यक्ष थापाले बताए । कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा पनि विशेष ध्यान दिनु पर्ने र अहिले सरकारले लागु गरेको लकडाउन समय अवधिभर सबैलाई घरमै बस्न आग्रह समेत गरेका छन् । देवघाट गाउँपालिका कार्यालयले ठाँउहरुमा हातधुने स्थान बनाएको र गाउँपालिका प्रवेश गर्ने सबैले साबुनपानीले हात धुनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री