गाउँ गाउँमा सरसफाई सम्बन्धी सचेतना जगाउँदै गाउँपालिका अध्यक्ष

Devghat Online

शेयर गरौ

२९ चैत्र, देवघाट


विश्वव्यापी माहामारीको रुप लिईरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन थालेपछी कोरोनाबाट ग्रामिण क्षेत्रका जनतालाई जोगाउन देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा गाउँ गाउँमा पुगी जनतालाई सेचतना जगाउन थालेका छन् ।
लकडाउनले गाउँपालिकाका अन्य कार्यक्रम स्थगित भएपछि अध्यक्ष थापा वडा नम्बर २ र ३ का ग्रामिण बस्ती बस्तीमा पुगी कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेतना जगाउन थालेका छन् ।


अध्यक्ष थापाले ति दुई वडाका टोलटोलमा पुगेर जनतालाई सरसफाई सम्बन्धी सचेतना जगाउन थालेका छन् । यससँगै अध्यक्ष थापाले ग्रामिण बस्तीका जनताको घर घरमा पुगी साबुन पानीले हातधुने तरिका समेत सिकाई साबुन समेत वितरण गर्न थालेका छन् ।
सरकार र जनताको सेचतनाले अहिले कोरोनालाई हामीले परास्त गरेपनि गर्मीयाम बढेसंँगै लाग्ने अन्य रोगको कारण जनताहरुलाई समस्या पर्ने हुँदा त्यसबाट बच्न पनि सरसफाईमा विशेष ध्यान दिनु पर्ने अध्यक्ष थापाले बताए ।

कोरोनासँगै अन्य रोगको संक्रमणबाट जोगिन राम्रोसँग साबुन पानीले राम्रोसँग हात धुने र पशु पन्छीका खोरहरुमा थप सरसफाई ध्यान दिनु पर्ने अध्यक्ष थापाले बताए । कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा पनि विशेष ध्यान दिनु पर्ने र अहिले सरकारले लागु गरेको लकडाउन समय अवधिभर सबैलाई घरमै बस्न आग्रह समेत गरेका छन् । देवघाट गाउँपालिका कार्यालयले ठाँउहरुमा हातधुने स्थान बनाएको र गाउँपालिका प्रवेश गर्ने सबैले साबुनपानीले हात धुनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती