शुक्लागन्डकीमा ३१ सय परिवारलाई राहत वितरण

Devghat Online

शेयर गरौ

२९ चैत्र, शुक्लागन्डकी
तनहुँको शुक्लागण्डकी नगरपालिकाले ज्याला मजदुरीको माध्यमबाट गुजारा चलाउने विपन्न वर्गका परिवारलाई दैनिक उपभोग्य खाद्यन्नका सामाग्री वितरण गरेको छ । लकडाउनको मारमा परेका तीन हजार ९० परिवारलाई चामल, दाल, नुन, खाने तेल र साबुन वितरण गरिएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
यहाँका १२ वडामा तीन हजार तीन सय चार परिवारले राहात लिन निवेदन दिएका थिए । दुई सय १४ परिवार राहात लिनलाई तोकिएको मापदण्डमा नपरेपछि वितरण नगरेको उनको भनाई छ । तथ्याङ संकलनमा छुटेका तर आर्थिक विपन्नताले घरमा चुलो बल्ने स्थिती नभएकालाई राहात उपलब्ध गराउने कुमाल बताउछन् ।

वडा नम्बर १ मा ३ सय ३२ परिवार, २ मा ३ सय ४५, ३ मा २ सय ८९, ४ मा २ सय २०, ५ मा ३ सय ३, ६ मा ३ सय १५ परिवारलाई राहात वितरण गरिएको छ । यस्तै, वडा नम्बर ७ मा २ सय ३५, ८ मा १ सय ४, ९ मा २ सय ६५, १० मा २ सय ५८, ११ मा १ सय ७३ र १२ मा २ सय ५१ परिवारलाई राहत प्रदान गरिएको हो । वडा नम्बर ८ ले यसअगाडी वडाको पहलमा सहयोग जुटाएर २ सय ३४ परिवारलाई राहात दिइसकेको थियो ।
वडाका प्रत्येक टोलटोलमा पुगेर टोलबिकास संस्थाका प्रतिनिधी, उद्योग वाणिज्य संघ, रेडक्रस, नागरिक समाजका प्रतिनिधीको रोहबरमा वडाध्यक्षसहितका जनप्रतिनिधीले राहातका समाग्री वितरण गरेका हुन् । नगरपालिकाले परिवारमा दुई जना सदस्य भएका परिवारलाई १५ केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन उपलब्ध गराएको छ । चार जना सदस्य भएका परिवारलाई २० केजी चामल, दुई केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिएको हो ।

चार जना भन्दा धेरै सदस्य भएका परिवारलाई २५ केजी चामल, तीन केजी दाल, डेढ लिटर तेल, दुई पोका नुन र एउटा साबुन दिइएको कुमालले जानकारी दिए ।नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागी विपद कोषमा ६० लाख रुपैयाँ जम्मा गरेको छ । उक्त रकमबाट खाद्यन्नका सामाग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त