व्यास नपाद्वारा सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर प्रदान

Devghat Online

शेयर गरौ

२९ चैत्र, दमौली
तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड १९ को जोखिम हुन नदिन सचेतना जगाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकाले नगरपालिकाले सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर वितरण गरेको हो । नगरपालिकाले ३० थान एन ९५ मास्क, ३० थान स्यानिटाइजर र १५० थान पञ्जा सहयोग गरेको छ ।
उक्त सामग्री आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडा नम्बर ५ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले कोरोनाको जोखिम कम गर्न व्यास नगरपालिकाको अभियानमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

समाचार संकलनका क्रममा सञ्चारकर्मी पनि जोखिममा रहेकाले पत्रकारको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको पनि भएको हुँदा नगरपालिकाको तर्फबाट सानो सहयोग गरिएको नगरप्रमुख न्यौपानेले बताए । सो अवसरमा पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरेकामा नगरपालिकाप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न