तनहुँमै कोरोनाको द्रुत परिक्षण गरिने

Devghat Online

शेयर गरौ

३० चैत्र,दमौली
तनहुँका सबै स्थानीय तहबाट नै कोरोना भाइरस (कोभिड–१९) को द्रुत परिक्षण गरिने भएको छ । चैत्र ४ गते यता विभिन्न मुलुकबाट भित्रिएका व्यक्तिहरुमा कोरोना परिक्षणकोलागि किट प्राप्त भईसकेको स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरवावु अधिकारीले बताए ।
विभिन्न मुलुकबाट भित्रिएका नागरिकहरुमा कोरोनाको द्रुत परिक्षण गरिने र शंकास्पद रिर्पाेट आएमा माथिल्लो निकायमा पठाईने अधिकारीले बताए । यसकोलागि ६ सय ४२ थान किट प्राप्त भएको र उक्त किट आईतबार नै सबै स्थानीय तहमा पठाई सकिएको उनले बताए । बाहिरी मुलुकबाट नागरिक आएको संख्याको आधारमा स्थानीय तहमा किट वितरण गरिएको उनले जानकारी दिए ।
सबैभन्दा धेरै किट व्यास नपामा पठाईएको छ । व्यास नपामा एक सय २० थान, शुक्लागन्डकी नपामा एक सय थान, भानु नपामा ८५ थान र भिमाद नपामा ६० थान किट पठाईएको छ । यसैगरि संख्याको आधारमै गाउँपालिकाहरुमा पनि किट पठाईएको अधिकारीले बताए । तनहूँमा चैत १ गते यता ७ सय २० जना नागरिक भारत लगायत अन्य मुलुकबाट आएको तथ्यांक छ । तर चैत ४ गते पछि आएकाहरुको मात्र परिक्षण गरिने अधिकारीले बताए ।
कोरोना परिक्षणकोलागि सबै स्थानीयतहमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरु छन् । तिनै तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले किट मार्फत नमुना परिक्षण गर्ने र शंकास्पद देखिएकाहरुको थप परिक्षणकोलागि माथिल्लो निकायमा पठाईने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती