माल्टामा एक जना नेपालीको कोरोना परिक्षण पोजेटिभ

Devghat Online

शेयर गरौ

प्रकाश बगाले, माल्टा
बैशाख १
कोरोना भाइरस (कोभिड(१९) ले विश्व जगतलाई अहिले आतंकित बनाइरहँदा युरोपको माल्टामा पनि एक नेपालीको स्वास्थ्य परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।

बिगत १८ महिना देखि माल्टाको व्याड बोइ क्लिनर्स कम्पनीमा कार्यरत नेपालीले आइतबार माल्टाको लुका कोरोना परिक्षण केन्द्रमा आफ्नो रगत परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको गैर आवसीय नेपाली संघ (एन.आर.एन) माल्टाका अध्यक्ष राजु अयार्लले जानकारी दिएका छन् । उनका अनुसार कोरोना पोजेटिभ देखिएका व्यक्ति माल्टाको जेतुन क्षेत्रमा बसोवास गदै आएका थिए । खत्री सामान्य मात्रामा टाउको दुखेकाले स्वास्थ्य परिक्षण गराउन जाँदा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको हो ।
उनीसंगै हाल १२ जना नेपालीहरु समेत बस्दै आइरहेका छन् । उनीहरु सबैको आजै स्वास्थ्य गरिनेछ । भने उनीसंगै काम गर्ने साथीहरुको समेत पहिचान गदै स्वास्थ्य परिक्षण गरिनुपर्ने हुँदा एनआरएन माल्टाका अध्यक्ष अयार्लले सो क्षेत्रमा बसोबास गर्ने र संगै काम गर्ने सम्पुर्ण साथीहरुले जतिसक्दो छिटो स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन् ।

साथै माल्टाको विभिन्न कम्पनिहरुका काम गर्ने नेपालीहरुलाई सजक र सर्तक रहन समेत उनले अनुरोध गरेका हुन् । कम्पनीले काममा वोलाउँदा नेपालीहरु कोरोनाको कारण भन्दै नजाने गरेको जानकारी आएको भन्दै उनले कम्पनीले काममा लगाउँदा आफु सुरक्षित तरिकाले काम गर्न जान समेत अनुरोध गरेका छन् र यदि कोहि कसैले कम्पनीको निमय पालना नगरेर आफुखुशी गर्दा कम्पनीले निकाला गरेमा आफुहरुले केहि गर्न नसकिने समेत उनको भनाइ छ । गैर आवसीय नेपाली संघ (एन.आर.एन) माल्टाले कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेका नेपालीहरुलाई समेत राहतको व्यवस्था गरिएको हुँदा समस्यामा परेका नेपालीहरुले एनआरएनको अफिसियल सम्पर्क फेसवुक पेज, इमेल र संघका सदस्यहरुलाई समेत जानकारी गर्न सकिने एनआरएन माल्टाले जनाएको छ ।

माल्टामा यो समाचार तयार गर्दा सम्म हाल ३ सय ७८ जनामा संक्रमण देखिएको, ४४ जनाको रिकभर भएको र ३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भानु जयन्तीको अवसरमा चुँदी रम्घामा विशेष कार्यक्रम, भानु जन्मस्थलको विकासकोलागि पहल गर्ने सांसद न्यौपानेको प्रतिबद्धता

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिबार देश तथा

आज भानु जयन्ती मनाईदै

दमौली, असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका

देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु, सुभसाईत पारी रुद्राभिषेक र अग्निस्थापना

देवघाट, असार २७ देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर