प्रकाश बगाले
अप्रिल १९
माल्टा/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाले कोरोना भाइरस (कोभिड(१९)का कारण युरोपको माल्टामा रहेका पीडित नेपालीहरुलाई राहत वितरण शुरु गरेको छ । अप्रिल १८ तारिख पहिलो दिन २० जनालाई राहत वितरण गरिएको एनआरएनए माल्टाले जनाएको छ ।
कोरोना प्रभावित नेपालीहरुको सहयोगका लागि वितरण समिति बनाएर आर्थिक संकलन गराई बिपतमा परेका नेपालीहरुलाई राहत वितरण सुरु गरिएको एनआरएनए माल्टाका अध्यक्ष राजु अर्यालले जानकारी दिए । उनका अनुसार एनआरएनए माल्टाले कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई राहतको व्यवस्था गरेको छ । उनले जो नेपालीहरु समस्यामा परेका छन । उनीहरुले आफ्ना समस्याहरु एनआरएनको अफिसियल सम्पर्क नम्बर, फेसवुक पेज, इमेल र संघका सदस्यहरुलाई जानकारी गराई यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरेका छन् ।
भर्खरै आएका, रोजगारी नभएका अति समस्या रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा घर घरमै पुगेर राहत वितरण गरिएको एनआरएनए माल्टाका सचिव भुवन अर्याल जानकारी दिए । उनले सम्पर्कमा आएका सबै नेपालीहरुलाई आवश्यकता अनुसारको राहत वितरणलाई निरन्तरता दिदै जाने जनाएका छन् । नेपालीहरु बसेका घर घरमा गई उनीहरुको समस्याको जानकारी एनआरएनएले लिदै आइरहेको भन्दै सचिव अर्यालले यहाँ रहेका नेपालीहरुमा तत्काल भिसाको समस्या, यहाँका कम्पनीहरुले विभिन्न कारण देखाई कम्पनी निकाला गरिदिएका समस्या देखिएको हुँदा यस समस्याको समाधान छिट्टै गरिने आश्वासन समेत उनीहरुलाई दिइएको बताएका छन् ।
कोरोना प्रभावित नेपालीहरुको सहयोगका लागि नविन गिरीको संयोजकत्वमा पाँच जनाको उपसमिति बनाइएको जसमा रहरमान तामाङ, बिरेन्द्र घिमिरे, नरेस खनाल र दिनानाथ भट्टराई रहेका एनआरएनए माल्टाले जनाएको छ ।