मजदुरलाई राहत दिँदै सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

आफ्नो उद्योगमा कार्यरत मजदुरलाई १० प्रतिशत भत्ता
७ वैशाख, काठमाडौं
तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधि भरको तलवमा १० प्रतिशत भत्ता थपेर दिने भएका छन् । उद्योगी समेत रहेका नेकपाका सांसद श्रेष्ठले बाराको सिमरामा रहेको आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने घोषणा गरेका छन् ।

सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चरमा कार्यरत मजदुरको तलबमा लकडाउनको अवधिमा थप दश प्रतिशत बढाउने सांसद श्रेष्ठले घोषणा गरेका छन् । संकटको बेला अत्यावश्यक सेवामा कार्यरत मजदुरको मनोबल बढाउन मासिक तलबमा १० प्रतिशत वृद्धि गरिएको उनले बताए ।

खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई नियमित काममा लगाइएकाले उनीहरुको तलबमा वृद्धि गरिएको र क्लासिक एग्रिकल्चरअन्तर्गत मेवा खेतीमा संलग्न मजदुरलाई पनि सोही सुविधा दिइने सांसद श्रेष्ठले बताए ।

सांसद श्रेष्ठले यस अघि आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिसकेका छन् । मजदरको तलबमा १० प्रतिशत थपको निर्णय अघिल्लो महिनाबाटै लागू हुने सांसद श्रेष्ठले बताए ।

सांसद् श्रेष्ठले तनहुँ जिल्लामा उत्पादित तरकारी तथा कृषि उपज जिल्लाभित्रै खपत गराउनका लागि लकडाउन अवधिमा बाहिरबाट तरकारी भित्र्याउयन नदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । शुक्रबार तरकारी उत्पादक कृषकसँगको छलफलपछि सांसद् श्रेष्ठले स्थानीय तह र सुरक्षा निकायमार्फत सो पहल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल