महिला सहकारीद्वारा राहत कोषमा सहयोग

Devghat Online

शेयर गरौ

८ बैशाख, देवघाट
देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यम महिला सहकारी संस्थाले देवघाट गाउँपालिकाको राहत कोषमा २० हजार रुपैयाँ सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणकोलागि गरिएको लकडाउनबाट पीडित भएका गाउँपालिकाका नागरिकलाई राहत उपलब्ध गराउन गाउँपालिकाले स्थापना गरेको राहत कोषमा महिला सहकारी संस्थाको तर्फबाट सोमबार उक्त रकम सहयोग गरिएको हो ।
सो रकम सहकारी संस्थाका पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई प्रदान गरेका थिए । रकम सहयोग गरेकोमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सहकारी संस्थालाई धन्यवाद दिएका छन् । यस अघि पनि विभिन्न संघ संस्थाले गाउँपालिकाको राहत कोषमा सहयोग प्रदान गरेका थिए ।
गाउँपालिकाले राहत कोषमा रकम सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको सिद्धार्थ बैंकमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष ००८१५३८६२०७ मा जम्मा गरि सहयोग गर्न अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले