विचल्लीमा परेका मजदुरलाई सांसद श्रेष्ठको पहलमा घर पठाईयो

Devghat Online

शेयर गरौ

१० बैशाख, दमौली
तनहुँ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले विभिन्न जिल्लाबाट तनहुँ आइपुगेका र तनहुँमा रहेका श्रमिकहरुलाई स्थानीय तहरुसंग समन्वय गरी आ आफ्नो घर तर्फ पठाएका छन् । कोरोना संक्रमण हुन नदिन गरिएको लकडाउनमा तनहुँमा बिचल्ली परेका मजदुर र श्रमिकहरुलाई आफ्नो गृह जिल्लासम्म पुग्ने व्यवस्था सांसद श्रेष्ठले मिलाएका हुन् ।

आफ्ना कम्पनीमा काम गर्ने कर्मचारीलाई लकडाउनका बेला १० प्रतिशत भत्ता दिने घोषणासँगै चर्चामा रहेका सांसद श्रेष्ठले पछिल्लो समय तनहुँमा रहेका विभिन्न जिल्लाका मजदुरहरुको उद्दार गरेका छन् ।

भानु नगरपालिका २ स्थित भानु इटा उद्योगमा काम गर्ने हेटौडा र सर्लाहीका ७० जना मजदुरलाई सांसद श्रेष्ठले बसको व्यवस्था गरी घरतर्फ पठाएका छन् । ती मजदुरहरुले भानु नगरपालिका अगाडि कि घर पुर्‍याइदेउ कि त राहत देउ भन्दै धर्ना बसेको जानकारी पाएपछि सांसद श्रेष्ठले उनीहरुलाई घरतर्फ पठाउने व्यवस्था मिलाएका हुन् ।

त्यस्तै, लमजुङको बुर्दीखोलास्थित विन्दवासिनी हाइड्रोपावरमा कार्यरत सल्यानका २३ जना मजदुरहरुलाई सोमबार सांसद श्रेष्ठले घरतर्फ जाने सम्पूर्ण व्यवस्था मिलाएका थिए । यो आयोजनाका मजदुरहरु गत सोमबार साढे ४ बजे तनहुँको व्यास नगरपालिका(७ कलेस्ती आइपुगेका थिए । उनीहरु भोकभोकै हिड्न समेत नसक्ने अवस्थामा कलेस्तीमा रहेको थाहा पाएपछि सांसद श्रेष्ठले उनीहरुलाई दमौली ल्याउन लगाएर खाना खुवाई सल्यान पठाउने व्यवस्था मिलाएका थिए ।

सांसद श्रेष्ठको निर्देशनमा मजदुरहरुलाई खाना खुवाएर, बाटोमा खाने खाजा समेत दिएर पठाएको बताइएको छ । सांसद श्रेष्ठले आफ्नो घरसम्म जाने स्म्पूर्ण व्यवस्था मिलाइदिएकोमा मजदुरहरुले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि