तनहूँमा ६२२ जनाको आरडिटी परिक्षण, १२ जना क्वारेन्टाइनमा

Devghat Online

शेयर गरौ

२८ वैशाख, दमौली
तनहूँमा अहिलेसम्म ६ सय २२ जनाको कोरोनाको द्रुत परिक्षण गरिएको छ । आरडिटी किट मार्फत बिदेशबाट आउने ति व्यक्तिहरुको कोरोनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरवावु अधिकारीले बताए ।
तनहूँमा व्यास नपामा १२८ पुरुष २२ महिला, भानु नपामा ५० पुरुष ६ महिला, शुक्लागन्डकी नपामा ७० पुरुष १६ महिला, भिमाद नपामा ६७ पुरुष ७ महिला, म्याग्दे गाउँपालिकामा ३२ पुरुष ४ महिला, देवघाट गाउँपालिकामा ३३ पुरुष ५ महिला, घिरिङ गाउँपालिकामा ३९ पुरुष १ महिला, रिसिङ गाउँपालिमा ४१ पुरुष २ महिला, आवुँखैरेनी गाउँपालिकामा २० पुरुष ३ महिला र बन्दिपुर गाउँपालिकामा २१ पुरुष ५ महिला तथा दमौली अस्पतालमा २२ पुरुष ६ महिलाको आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय तनहूँका प्रमुख अधिकारीले बताए । त्यस्तै २२ जनाको पिसिआर परिक्षण विधि मार्फत स्वाव परिक्षण गरिएको छ । ति सबैको नेगेटिभ रिर्पाेट आएको अधिकारीले जानकारी दिए ।
त्यसैगरि तनहूँमा अहिले १२ जना व्यक्ति एकान्तवास (क्वारेन्टाईन) मा रहेका छन् । विभिन्न स्थानमा ३९ जना क्वारेन्टाइनमा बसेको निश्चित अवधी पुरा गरि २७ जना घर फर्किएको अधिकारीले बताए । भानु नगरपालिका ४ स्थित शान्ति निम्न माध्यमिक विद्यालयमा रहेका १५ जना, व्यास नगरपालिका ४ स्थित मदर्शा आधारभूत विद्यालयमा रहेका १३ र देवघाट गाउँपालिकामा रहेका दुइजनालाई घर पठाइएको छ । अहिले भानु, शुक्लागण्डकी नगरपालिका र रिसिङ गाउँपालिकामा गरी ६ जना महिला र ६ जना पुरुष गरी १२ जना मात्र क्वारेन्टाइनमा रहेको प्रमुख अधिकारीले जानकारी गराए ।
किट सकिएपछि प्रदेश सरकारसँग माग
यसैगरि तनहूँलाई प्राप्त आरडिटी किट सकिएको हुँदा आवश्यक किट उपलब्ध गराउन गन्डकी प्रदेश सरकालाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय तनहूँका प्रमुख अधिकारीले बताए । तनहूँकोलागि ७४२ वटा किट प्राप्त भएकोमा ६२९ वटा खर्च भईसकेको र अव ११३ वटा बाँकी रहेको हुँदा थप किट उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती