बन्दीपुरमा थापिएको पासोमा चितुवा पर्‍यो

Devghat Online

शेयर गरौ

बैशाख २८, दमौली
चितुवा आतंक बढेपछि नियन्त्रणका लागि तनहुँको बन्दीपुर गाउँपालिका ३ शेराटारमा थापिएको पासोमा चितुवा परेको छ । विहिबार बिहान उक्त खोरमा परेको चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

वन कार्यालयको सहयोगमा स्थानीयवासीले १५ दिन अगाडि उक्त स्थानमा खोर बनाई पासो थापेका थिए । बाख्रासहितको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले बताए । उनले भने, खोरमा परेको चितुवा दमौली ल्याएका छौ, यसलाई कहाँ लैजाने भन्नेबारेमा छलफल हुँदैछ ।

शेराटारका स्थानीयवासी रामप्रसाद भट्टराइले खोर राखेको १५ दिनमा चितुवा नियन्त्रणमा आएको जानकारी दिए । उनका अनुसार दिनदिनै उक्त खोरमा बाख्रा राख्ने गरिएको थियो । चितुवा आतंक बढेपछि वन कार्यालयको सहयोगमा खोर निर्माण गरी पासो थापेका थियौं ।

तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा नियन्त्रणमा आइसकेका छन् ।

वैशाख ३ गते मात्रै बन्दीपुर गाउँपालिका ४ लोहीपाखामा थापिएको खोरमा मृतावस्थामा चितुवा फेला परेको थियो । तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । करिब दुइ वर्षको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

वन्यजन्तुका कारण पछिल्लो समय जिल्लामा मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढ्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी