देवघाटको राहत कोषमा सामुदायीक वनको सहयोग

Devghat Online

शेयर गरौ

२८ बैशाख, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमण (कोभिड १९) को असहज परिस्थितीलाई न्यूनीकरणका लागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ । उक्त कोषमा आईतबार देवघाट गाउँपालिका वडा नम्बर ४ स्थित जनहित सामुदायीक वन उपभोक्ता समितिले ३० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहयोग रकम वडा सदस्य पशुपति तिवारीले आईतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई हस्तान्तरण गरे । सो रकम बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताए । सुवेदीले रकम सहयोग गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए ।

गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध