देवघाटको राहत कोषमा सामुदायीक वनको सहयोग

Devghat Online

शेयर गरौ

२८ बैशाख, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमण (कोभिड १९) को असहज परिस्थितीलाई न्यूनीकरणका लागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ । उक्त कोषमा आईतबार देवघाट गाउँपालिका वडा नम्बर ४ स्थित जनहित सामुदायीक वन उपभोक्ता समितिले ३० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहयोग रकम वडा सदस्य पशुपति तिवारीले आईतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई हस्तान्तरण गरे । सो रकम बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताए । सुवेदीले रकम सहयोग गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए ।

गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक