उद्योगलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्नु पर्छ–सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

२८ बैशाख, काठमाडौं

यस अघिका शासकहरु धेरै पटक चुकेको र झुकेको कारण हाम्रो भुमि पटक पटक मिचिएको हो

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्योगलाई उत्पादनसँग जोडेर स्थानीय तहमै धेरै रोजगारी सिर्जना गर्नु पर्ने बताएकी छिन् । राष्ट्रिय सभाको आईतबारको बैठकमा प्रि बजेट सम्बन्धमा भएको छलफलको क्रममा आफ्नो धारणा राख्दै सांसद न्यौपानेले कोरोनाको कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्कने नागरिकलाई राज्यले रोजगारीको वातावरण बनाउनु पर्ने बताईन् । त्यसकोलागि साना उद्योगहरु सन्चालन गरिनु पर्ने भन्दै उनले उद्योगलाई उत्पादनसँग जोडेर नागरिकलाई रोजगारी दिन सकिने बताईन् ।
उत्पादनसँग नजोडिएको जनतालाई उत्पादनसँग जोड्ने नीति ल्याउनु पर्ने भन्दै सांसद न्यौपानेले स्थानीय तह मार्फत साना उद्योग सन्चालन गर्नु पर्नेमा जोड दिईन् । राष्ट्रिय गौरवका आयोजना र गेम चेन्जर प्रोजेक्टलाई पनि प्राथमिकतामा राखेर अहिले तत्कालको समस्या सामाधानको लागि साना उद्योगहरु सन्चालनमा जोड दिनु पर्ने सांसद न्यौपानेको भनाई थियो । कृषिलाई आधुनिकिरण गर्ने भन्दै उनले आधुनिकिरणको आइडिया नहुँदा कृषकले उचित उत्पादन र मुनाफा लिन नसकिरहेको उनको भनाई थियो । त्यसकोलागि सरकारले आईडिया बैंकको अवधारणा ल्याउनु पर्ने बताईन् । आईडिया बैंक मार्फत धेरै भन्दा धेरै उत्पादन र मुनाफा आर्जनकोलागि कृषकहरुलाई सिकाउन सकिने बताईन् ।
सांसद न्यौपानले अहिले बजेट निर्माणको क्रममा योजनाहरु छनौट भई राख्दा प्राथमिकताको आधारमा छनौट हुनु पर्नेमा जोड दिईन् । कतै धेरै योजना त कतै एउटा पनि योजना नपर्ने अवस्था अव हुन नहुने सांसद न्यौपानेको भनाई थियो । पहुँच र भनसुनका आधारमा योजना छनौट गर्ने परिस्थिती अन्त्य हुनु पर्ने उनले जोड दिईन् ।
अर्काे प्रसंगमा बोल्दै सांसद न्यौपानेले सरकारको कुशलताको कारण अहिलेसम्म नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको बताईन् । सरकारले सबै संयन्त्र परिचालन गरेर कुशलता पुर्वक काम गरिरहेको उनको भनाई थियो । विश्व बजारमा सामानको अभाव भईरहेको समयमा तिन वटै सरकार परिचालन गरेर कृत्रिम अभाव सिर्जना गर्नबाट रोक्न सरकार सफल भएको न्यौपानेले बनाईन् ।
भारतले नेपाली भुमी मिचेर सडक निर्माण गरेको प्रसंग कोट्याँउदै सांसद न्यौपानेले यस अघिका शासकहरु धेरै पटक चुकेको र झुकेको कारण हाम्रो भुमि पटक पटक मिचिएको बताईन् । हाम्रो छातीमा बिदेशीले बुट बजार्ने काम अन्त्य हुनु पर्ने भन्दै उनले केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसारले सुन्ने गरि हाम्रो एक इन्च जमिन पनि मिच्न दिँदैनौ, कसैको एक इन्च जमिन पनि चाहिदैन भन्ने वाक्य स्मरण समेत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त