एकै पटक थपिए ५७ जना कोरोना संक्रमित

Devghat Online

शेयर गरौ

संक्रमितको संख्या १९१ पुग्यो
३० वैशाख, काठमाडौँ
नेपालमा थप ५७ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कुल संक्रमितहरुको संख्या १९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार ५७ जनामा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ देखिएको हो । संक्रमित ५७ जना सबै पुरुष रहेको जनाइएको छ ।
कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना र एक जना बारा जिल्लाका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राप्त विवरण अनुसार सबै संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उहाँहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध