एकै पटक थपिए ५७ जना कोरोना संक्रमित

Devghat Online

शेयर गरौ

संक्रमितको संख्या १९१ पुग्यो
३० वैशाख, काठमाडौँ
नेपालमा थप ५७ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कुल संक्रमितहरुको संख्या १९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षण अनुसार ५७ जनामा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ देखिएको हो । संक्रमित ५७ जना सबै पुरुष रहेको जनाइएको छ ।
कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना र एक जना बारा जिल्लाका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राप्त विवरण अनुसार सबै संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उहाँहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग