देवघाटको राहत कोषमा नेकपाको दुई लाख ६९ हजार सहयोग

Devghat Online

शेयर गरौ

३० बैशाख, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणकोलागि गरिएको बन्दाबन्दीबाट सृजित असहज परिस्थितीलाई न्यूनीकरणकालागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ पालिका कमिटिले २ लाख ६९ हजार ५५ रुपैयाँ सहयोग गरेको छ ।
नेकपाका गाउँ पालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङले मंगलबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई सो रकम हस्तान्तरण गरे । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्न सो रकम गाउँपालिकालाई उपलब्ध गराईएको नेकपा गाउँपालिका कमिटिका सचिव केशवचन्द्र न्यौपानेले बताए । .
सो रकम बुझ्दै गाउँपालिका अध्यक्ष थापाले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताउनु भयो । गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त