देवघाटको राहत कोषमा नेकपाको दुई लाख ६९ हजार सहयोग

Devghat Online

शेयर गरौ

३० बैशाख, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणकोलागि गरिएको बन्दाबन्दीबाट सृजित असहज परिस्थितीलाई न्यूनीकरणकालागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ पालिका कमिटिले २ लाख ६९ हजार ५५ रुपैयाँ सहयोग गरेको छ ।
नेकपाका गाउँ पालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङले मंगलबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई सो रकम हस्तान्तरण गरे । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्न सो रकम गाउँपालिकालाई उपलब्ध गराईएको नेकपा गाउँपालिका कमिटिका सचिव केशवचन्द्र न्यौपानेले बताए । .
सो रकम बुझ्दै गाउँपालिका अध्यक्ष थापाले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताउनु भयो । गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा