देवघाटको राहतकोषमा सामुदायीक वनको सहयोग

Devghat Online

शेयर गरौ

२ जेठ, देवघाट
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमण (कोभिड १९) को असहज परिस्थितीलाई न्यूनीकरणका लागि देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ । उक्त कोषमा शुक्रबार देवघाट गाउँपालिका वडा नम्बर ४ स्थित कमलादेवी सामुदायीक वन उपभोक्ता समितिले ३० हजार रुपैयाँ सहयोग गरेको छ । समुहको तर्फबाट सुजन गुरुङले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई सो रकम हस्तान्तरण गरे ।
सो रकम बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताए । सुवेदीले रकम सहयोग गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिए ।
गाउँपालिकाले कोरोना राहत कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले सिद्धार्थ बैंकमा रहेको देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष को खाता नम्बर ००८१५३८६२०७ मा रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले