मृगौला पिडित श्रेष्ठद्वारा सहयोगको याचना

Devghat Online

शेयर गरौ

२० साउन, दमौली
म्याग्देको दुभुङ्ग घर भई, हाल व्यास नपा–४ मा वस्दै आएका रामलाल श्रेष्ठको दुवै मृगौलाले काम गर्न नसक्ने भएको छ । लामो समयसम्म शिक्षण पेशामा आवद्ध भएका श्रेष्ठ विगत १८ महिना देखी मृगौलाले काम गर्न छाडेपछि समस्यामा परेका हुन् ।

मृगौलाले काम गर्न छाडेपछि पोखरामा उपचार गराएका श्रेष्ठले हाल दमौली अस्पतालमा नियमित हप्ताको २ दिन डायलसिस गर्दे आईरहेका छन् ।
मृगौलाले काम गर्न नसकेपछि शिक्षण पेशावाट राजिनामा दिएर उपचार गर्दे आएका ५५ वर्षिय श्रेष्ठ लामो समयदेखि उपचार गर्दा घरायसी आर्थिक अवस्था नाजुक भएको वताए ।

उपचारको लागी ठुलो रकम लाग्ने भएको हुदाँ अवको उपचार कसरी गर्ने भन्नेमा चिन्तित भएको उनले बताए । लामो समय देखि शिक्षण पेशामा लागेर समाज परिवर्तनकालागि महत्वपुर्ण भुमिका खेलेको हुदाँ वाकी जीवन पनि उपचार पछि समाजसेवामा लाग्ने आशा रहेको वताए ।

नियमित डायलसिस गर्नुपर्ने या मृगौला फेर्नु पर्ने वाध्यता रहेको श्रेष्ठले आफन्त तथा साथीभाईहरुले सक्दो आर्थिक सहयोग गरेमा मृगौला फेर्न र वाकी उपचारमा सहयोग हुने हुदाँ सहयोगका लागी अपिल समेत गरे ।

लामो समयदेखि उपचार गर्दा भएको रकम पनि सकिएको र ऋण पनि लागेको हुदाँ वाकीको औषधी उपचार कसरी गर्ने भन्ने चिन्ता रहेको श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठले वताईन् । आफन्तको आर्शिवाद र सहयोग नै अव हाम्रो वाँच्ने आधार हो, यसका लागी हामी सकेको सहयोगको याचना गर्दछौ, मृगौला पिडित श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले