मेरुदण्ड भाँचिएका बृद्धलाई उपचारमा सहयोग

Devghat Online

शेयर गरौ

२१ साउन, दमौली
लडेर मेरुदण्ड भाँचिएका शुक्लागन्डकी नपा–१ थप्रेकका ७१ बर्षीय बृद्ध आमबहादुर गुरुङको उपचारमा थप्रेक घर भई हाल बेलायतमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । गुरुङको उपचारकोलागि बेलायत बस्ने थप्रेकबासीहरुले दुई लाख ५० हजार रुपैयाँ पठाएका छन् । सो रकम बाहेक स्थानीय स्तरमा संकलित रकम सहित तिन लाख ३७ हजार ६ सय १२ रुपैयाँ बुधबार बृद्धका आफन्तलाई हस्तान्तरण गरिएको छ ।
शुक्लागन्डकी नपा –१ का वडा अध्यक्ष रविचन्द्र पौडेलले सो रकम हाल बृद्धको उपचार भईरहेको हरियो खर्क अस्पतालमा पुगेर बृद्धका आफन्तलाई हस्तान्तरण गरेका थिए ।
गुरुङ गत जेठ २९ गते घाँस काट्न जाने क्रममा बारीको कान्लाबाट लडेर घाईते भएका थिए । हालसम्म अविवाहित गुरुङ भाईको घरमा बस्दै आएका थिए । घाईते गुरुङको तत्काल उपचारकोलागि मणिपाल अस्पताल पोखरामा लगिएकोमा मणिपालबाट थप उपचारकोलागि ग्रान्डी अस्पताल काठमाडौं लगिएको थियो । ग्रान्डीमा केही दिन उपचार पश्चात हरियोखर्क अस्पताल पोखरामा ल्याई उपचार गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।
बृद्धको उपचारमा सहयोगको लागि हाल बेलायतमा बस्दै आएका पुर्णविर गुरुङको अगुवाईमा रकम संकलन गरि दुई लाख ५० हजार पठाएको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक