समुदायको व्यक्तिलाई कोरोना संक्रमण भएपछि एक साताकोलागि देवघाट गाउँपालिका सिल

Devghat Online

शेयर गरौ

२८ साउन, देवघाट
तनहूँको देवघाट गाउँपालिकामा समुदायका दुई जनालाई व्यक्तिलाई कोरोना पुष्टि भएपछि एक साताको लागि गाउँपालिका सिल हुने भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाटका ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको थियो ।

संक्रमित दुबै जना समुदायका व्यक्ति रहेका छन् । ५४ वर्षीय पुरुष देवघाटमै रहेका थिए भने ३० वर्षीय हालै मात्र काठमाडौंबाट आएका थिए । उनीहरुको सम्पर्कमा आएका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताए ।
देवघाट गाउँपालिकाको कोभिड समितिले बुधबार एक साताकोलागि गाउँपालिका सिल गर्न प्रशासनमा सिफारिस गरेको छ ।

समुदायका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि सर्वसाधरणलाई कोरोनाबाट जोगाउन विहिबारदेखी एक साताकोलागि गाउँपालिका सिल गर्ने निर्णय गरि कार्यान्वयनकोलागि जिल्ला स्तरीय कोभिड समितिमा सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गाउँपालिकाका सिफारिस अनुसार गाउँपालिका सिल गर्ने बारेमा विहिबार निर्णय हुने बताए । बुधबार प्रमुख जिल्ला अधिकारी सदरमुकाम भन्दा बाहिर रहेको कारण लिखित निर्णय नभएको तर गाउँपालिकाको सिफारिस अनुसार नै सिल गरिने सहायक प्रजिअ बरालले बताए ।

सहायक प्रजिअ बरालले गाउँपालिका सिल गर्ने बारेमा बुधबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराई सोही अनुसार परिचालनकोलागि निर्देशन दिई सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय