बाढीले पुल बगाउँदा आवत जावतमा समस्या

Devghat Online

शेयर गरौ

७ भदौ, दमौली
तनहूँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने म्याग्दे खोलको पुल (मल्टीसेल कल्र्भट) गत असार २८ गतेको बाढीले बगाउँदा आवत जावतमा समस्या परेको छ । जनजागृती मोटरमार्गको मिन मावि र पुल्चोक जोड्ने उक्त पुल बाढीले बगाउँदा अहिले आवत जावतमा समस्या परेको वडा नम्बर ७ का अध्यक्ष पद्मराज वाग्लेले बताए ।

२०६८ सालमा २२ लाखमा निर्मित उक्त पुलहुँदै दैनिक करिब २५ सय भन्दा बढि नागरिक आवत जावत गर्ने वडा अध्यक्ष वाग्लेले बताए । सात÷आठ सय विद्यार्थी नै आवत जावत गर्थे तर अहिले विद्यालय बन्द भएको कारण विद्यार्थीले समस्या भने भोग्नु परेको छैन । तर बालबालिकासँगै अन्य बयष्क नागरिक पनि थर्पु बजार तथा पृथ्वी राजमार्गमा आउनु परेमा सोही पुल प्रयोग गर्नु पथ्र्याे ।

२०६८ सालमा २२ लाखमा निर्मित उक्त पुलहुँदै दैनिक करिब २५ सय भन्दा बढि नागरिक आवत जावत गर्ने वडा अध्यक्ष वाग्लेले बताए । साविक मनपाङ गाविस हाल वडा नम्बर ७ को अधिकांश टोलका बासिन्दाहरु उक्त पुल मार्फत नै आवत जावत गर्दै आएको वाग्लेले बताए । सात÷आठ सय विद्यार्थी नै आवत जावत गर्थे तर अहिले विद्यालय बन्द भएको कारण विद्यार्थीले समस्या भने भोग्नु परेको छैन । तर बालबालिकासँगै अन्य बयष्क नागरिक पनि थर्पु बजार तथा पृथ्वी राजमार्गमा आउनु परेमा सोही पुल प्रयोग गर्नु पथ्र्याे ।

तनहूँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले उक्त पुलको निरिक्षण गरि उक्त स्थानमा नयाँ पुल निर्माणकोलागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए । सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले मल्टीसेल प्रविधिको उक्त कल्भर्ट निर्माण गर्न ५० लाख भन्दा बढि लागत लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी