दुई डाक्टर र तिन अन्य स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

Devghat Online

शेयर गरौ

सात प्रहरी र दुई सेनालाई पनि कोरोना
१० भदौ, दमौली
तनहूँमा दुई जना डाक्टर र तिन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । कोरोना विरुद्ध अग्रपंक्तीमा रहेर कार्य गर्दै आएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना अनमी र एक जना स्वास्थ्यका कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय तनहूँले जनाएको छ ।

संक्रमित डाक्टर मध्ये एक जना बन्दिपुर र एक जना आवुँखैरेनीमा कार्यरत छन् । स्वास्थ्यकर्मीहरुमा जिपि कोईराला अस्पताल, आवुँखैरेनी र बन्दिपुरमा कार्यरत एक÷एक जना र बन्दिपुरका एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उहाँहरु सबै कोरोनामुक्त भईससेका छन् ।

त्यसैगरि जिल्ला भर सात जना प्रहरीलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यस मध्ये जिल्ला प्रहरी कार्यालयमा दुई जना रहेका छन् भने एक जना जिल्ला प्रहरी कार्यलयलमा कार्यरत महिला प्रहरीका पतिलाई पनि कोरोना संक्रमण भएको छ । उनी पनि जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत जुनियर प्रहरी अधिकृत हुन् । त्यस्तै इलाका प्रहरी कार्यालय भानुमा कार्यरत दुई जना, बन्दिपुर र आवुँखैरेनी गाउँपालिकामा एक÷एक जना प्रहरी जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरी मध्ये पाँच जना अहिले आईसोलेसनमा छन् ।

त्यस्तै दुई जना नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना अहिले आईसोलेशनमा छन् । त्यसैगरि एक जना सामाजिक कार्यकर्ता र एक जना स्थानीय तहका जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष कोरोना मुक्त भईसकेका छन् भने भानुका ति जनप्रतिनिधि पनि मंगलबार कोरोनामुक्त भएका छन् । त्यस्तै शुक्लागन्डकी नगरपालिकाको एक नीजि बैंकमा कार्यरत एक कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ ।

कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर जिम्मेबारी निभाउनु भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामाजिक कार्यकर्तालाई कोरोना संक्रमण हुँदा अहिले जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा र लकडाउन गरिएको छ । स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरवावु अधिकारीले कोरोना विरुद्धको लडाईमा अग्रपंक्तीमा रहेर जिम्मेबारी निभाउनेहरुलाई कोरोना संक्रमण हुँदा त्यसले सर्वसाधरणमा पनि संक्रमणको जोखिम हुन सक्ने कारणले अत्यावश्यक काम नभएका बाहेक अन्य सर्वसाधरणहरु प्रशासनको निषेधाज्ञा पालना गरि घरमा सुरक्षित साथ रहुन पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी

मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडकको लागि बजेट माग

देवघाट । बैशाख १२ देवघाट गाउँपालिका वडा नम्बर ५ कार्यालयले मुग्लिन–गाईघाट–दासढुङ्गा ठिमुरा–गैडाकोट सडक (मुग्लिन–नारायणगढ सडकको