२५ बैशाख, दमौली
कोभिड संक्रमितको उपचारकोलागि तनहूँ जिल्लाभर ८७ आईसोलेसन कक्ष तयार गरिएको छ । स्वास्थ्य कार्यालय तनहूँका अनुसार ति आईसोलेसन कक्षमा अक्सिजन जडान र एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्य कार्यालय तनहूँका प्रमुख शंकरवावु अधिकारीका अनुसार तनहूँमा सबैभन्दा धेरै आईसोलेसन शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा रहेको छ । उक्त उपचार केन्द्रमा ३० शैयाको आईसोलेसन तयार गरिएको छ । सबै शैयामा अक्सिजनको व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनु भयो । सो आईसोलेसन कक्षमा १२ ठुलो र २० सानो अक्सिजन सिलिन्डर र पाँच वटा अक्सिजन कन्सुन्टेटर जडान गरिएको छ ।
यस्तै दमौली अस्पतालमा अक्सिजन सहितको १६ शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ । सो अस्पतालमा ३० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको र थप अक्सिजन खरिदकोलागि पाँच लाख रुपैयाँ बिनियोजन गरिएको एक अस्पतालका प्रमुख डा. शुनिल पौड्यालले जानकारी दिए । सो अस्पतालमा एम्बुलेन्स समेत तयारी हालतमा राखिएको छ ।
त्यस्तै बन्दिपुर अस्पतालमा १० वटा अक्सिजन सिलिन्डर सहित २० शैयाको आइसोलेसन तयारी गरिएको छ । त्यस्तै आवँुखैरेनीमा दुई वटा सिलिन्डर र ३ वटा एम्बुलेन्स सहित १२ शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ ।
भानु नगरपालिकामा आठ वटा अक्सिजन र एकवटा एम्बुलेन्स सहित पाँच वटा आईसोलेसन कक्ष तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा १० अक्सिजन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन तयार बनाईएको छ ।
म्याग्दे गाउँपालिकामा दुई अक्सिजन सिलिन्डर, दुई एम्बुलेन्स सहित पाँच आईसोलेसन, ऋषिङमा तिन सिलिन्डर, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन, घिरिङमा एक अक्सिजन, एक एम्बुलेन्स सहित पाँच शैयाको आईसोलेसन तयार गरिएको छ भने देवघाट गाउँपालिकामा आठ वटा अक्सिजन र एकवटा एम्बुलेन्स सहित पाँच वटा आईसोलेसन कक्ष तयारी गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका सबै स्थानीय तहमा कम्तीमा पाँच बेडको आईसोलेसन बनाउने निर्णय गरेको थियो । उक्त आईसोलेसनमा अक्सिजनको र एम्बुलेन्सको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

व्यास नगरपालिकामा गरिब घर परिवारको प्रराम्भिक सुचि सार्वजानिक
तनहुँ । बैशाख १० व्यास नगरपालिकाले गरिब घर परिवारको प्रराम्भिक सुचि सार्वजानिक गरेको छ ।













