कोरोना संक्रमितको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष घरदैलोमा

Devghat Online

शेयर गरौ

२ जेठ, देवघाट
कोरोना संक्रमितको अवस्था बुझ्न तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा सहितको संक्रमितको घरमा पुगेको छ । कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेका गाउँपालिकाबासीको स्वास्थ्य अवस्था बुझ्न उनीहरुको घरमा गएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

सामाजिक दुरी कायम राखी संक्रमित व्यक्तिलाई भेट्दा उनीहरुमा हौसला बढ्ने अध्यक्ष थापाले बताए । साथै होम आईसोलेसनमा बस्नेहरुले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेको बारेमा पनि जानकारी पाईने थापाले बताए । सो क्रममा संक्रमितको परिवारलाई मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामाग्री पनि उपलब्ध गराईएको थियो ।

अध्यक्ष थापाको नेतृत्वमा वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, वडा सदस्य भोजराज नैनावस्ती, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी, ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने सहितको टोलीले वडा नम्बर ५ का १० जना कोरोना संक्रमितलाई उनी रुको घरमा पुगेर भेट गरि स्वास्थ्य लाभको कामना गरेको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए । संक्रमितहरुलाई ढुक्क भएर बस्न र केही स्वास्थ्य समस्या परिहालेमा आफुहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको बुढाथोकीले बताए ।

देवघाट गाउँपालिकाबासीलाई कोरोना संक्रमणबाट बचाउन देवघाट प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाई गरि हेल्प डेक्स स्थापना गरिएको छ । देवघाट मुलुककै प्रमुख धार्मिक क्षेत्र भएको र यहाँ विभिन्न बृद्धाश्रममा सयौं बृद्धबृद्धाहरु आश्रित भएको हुँदा उहाँहरुको सुरक्षाकोलागि पनि देवघाट प्रवेशमा कडाई गर्नु परेको वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुले बताए । सबैले स्वास्थ्य मापदण्डको पालना गर्ने हो भने कोरोनाबाट चाँडै नै मुक्ती पाईने गुरुङले बताए ।

देवघाटमा हाल १३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्ये ११ जना वडा नम्बर ५ र वडा नम्बर १ र २ मा एक÷एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री