शान्तीका लागि नागरिक समाजको सञ्जालद्वारा सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न माग

Devghat Online

शेयर गरौ

२ जेठ, पोखरा
शान्तीकोलागि नागरिक समाजको सन्जाल पोखराले सबै सरकारी अस्पतालमा अक्सिजन प्लान्टको निर्माण गर्न माग गरेको छ । सन्जालले आईतबार विज्ञप्ति प्रकाशित गरि हाल अक्सिजनका कारण धेरै विरामीको ज्यान गएको दृष्टान्तलाई मध्यनजर गरि पर्याप्तमात्रामा अक्सिजन ल्प्रान्टको निर्माण र बिनाअवरोध सञ्चालन गरी अस्पतालहरूमा सहज आपूर्तिको व्यवस्था मिलाउनु माग गरेको छ ।
सन्जालले विज्ञप्तिमा प्रत्येक जिल्लामा कोभिड अस्पताल निर्माण कार्यमा तदारुकता देखाउनु पर्ने, उपचार नपाएर मानिसहरूको मृत्यु हुने अवस्थाको अन्त्यका लागि स्वास्थ्यकर्मीको परिचालन, अस्पतालको पूवार्धारमा सुधार तथा बेड संख्या थप गर्न आवश्यक जोड दिनु पर्ने, स्थानीय तहले कोरोना परीक्षण तथा आइसोलेसन निर्माणका लागि सकृयता बढाउन माग गरेको छ ।

यस्तै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा तथा सुविधा र प्रोत्साहनमा ध्यान दिनु पर्ने, महामारीको अवस्थालाई ध्यानमा राखी हाल जारि निषेधाज्ञालाई कडाइका साथ लागु गर्नु पर्ने, महामारीमको यस अवस्थामा सहयोग गर्न अन्तरराष्ट्रिय दाता तथा स्थानिय सामाजिक सस्थाहरुसंग हातेमालो गर्नका लागि आह्वान गर्नु पर्ने, करिव ९२ प्रतिशत संक्रमितहरू होम आइसोलेशनमा छन् । उनीहरुसँग नियमित परामर्श गर्ने र मनोवल बढाउनका लागि सयन्त्रको विकास गरिनु पर्ने, भयावहरुपमा फैलिएको महामारीको मौका छोपीखाद्य वस्तु, औषधी, उपकरणहरुमा कालोबजारी र भ्रष्टाचार भएको भनि संचारमाध्यममा प्रकाशित समचारप्रति हाम्रो ध्यान गम्भिर रुपमा आकृष्ट भएको छ । यस सम्बन्धि प्रभावकारी अनुगमनगरि आवस्यक छानविन र दोषीउपर कडा कारबाही गरिनु पर्ने माग गरेको छ ।

प्राइभेट तथा नीजि अस्पतालहरुले कोभिडका विरामीका उपचारका क्रममा अत्याधिक रकम असुली गरिरहेको जनगुनासो आइरहेकोछ । यसका वारेमा सरकारवाट आवस्यक अनुगमन गरि त्यस्ता अस्पाताललाई कार्वाहीको दायरामा ल्याउनुपर्ने र यस विषम परिस्थितीमा निजी तथा प्राइभेट अस्पातालहरुले पनि अनधिकृत रुपमा पैसा कमाउने भन्दा पनि मानिसको जिवन वचाउने कुरालाई प्राथमिकतामा राख्नु पर्ने, महामारीको रोकथामको एउटै विकल्प भनेको खोप नै हो । खोपको उपलब्धताका लागि नेपाल सरकारले कुटनीतिक पहल गरि सबै नागरिकहरुलाई तत्काल खोपको उपलब्धता गराउनुपर्ने पनि सन्जालले माग गरेको छ ।

नागरिकले पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु पर्ने भन्दै सन्जालले संक्रमण दर बढेमा नागरिकलाई स्वास्थ्य सेवा दिन असमर्थ छ भनेर नागरिकलाई अत्याउनु भन्दा सेवा दिन सकिने बैकल्पिक उपायहरुको खोजी गरेर नागरिकलाई त्रसित हुनबाट जोगाउनु पर्ने जनाएको छ । डिसिएसिसि तथा अन्य कोभिड १९ प्रतिकार्य समितिहरुमा यस प्रदेशका सबै जिल्लाहरुमा नागरिक समाज तथा सामाजिक संस्थाहरुलाई पनि अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने, कोभिड १९ संक्रमणको समयमा र त्यस पछि पनि निम्तन सक्ने मनो सामाजिक समस्या र मानसिक स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर त्यसका लागि आवस्यक जनशक्तिको उत्पादन गरि सेवा प्रवाह गर्नुपर्ने, कुनै पनि संक्रमण तथा बिपद्को समयमा महिला बालबालिका, अपांगता भएका ब्यक्ति, दलित तथा सिमान्तकृत समुदायका ब्यक्ति, जेष्ठ नागरिकहरु र दैनिक ज्यालादारी गरेर जिवनयापन गर्ने मजदुरहरुबढी जोखिममा हुने र उनीहरु माथि घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, श्रमशोषण तथा अन्य प्रकारका हिंसा यातना बढ्न सक्ने यथार्थतालाई मद्यनजर गर्दै संबन्धित निकाय तथा सरोकारवालाहरुलाई सजक र सक्रिय बनाउनु पर्ने जनाएको छ ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णुप्रसाद बराल, गैसस महासंघका महासचिव रामप्रसाद सुवेदी, इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिवप्रसाद खकुरेल, मानव अधिकार सरक्षण मञ्च (मासम) कास्कीका अध्यक्ष कमलप्रसाद अर्याल, गैसस महासघ नेपाल गण्डकी प्रदेश समितिकी अध्यक्ष विना शिलवाल, मानवअधिकार एलाइन्स, कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, सयपत्री समाज नेपाल, कास्कीका सदस्य गिरधारी सुवेदी, कोपिला नेपालका संयोजक तिर्थबहादुर थापा र गैसस महासंघ नेपाल, कास्की शाखाका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोभिड–१९ संक्रमणका कारण निम्तिन सक्ने थप जोखिम न्यूनिकरणका लागि सरकारी गैरसरकारी र निजि क्षेत्रको साझा मञ्च बनाएर प्रतिकार्य अगाडी बढाउन माग गरिएको छ ।
सन् २०१९ को नोभेम्वरमा चाइनामा पहिलो पटक देखिएको कोरोना भाइरस एकदमै छोटो समयमा तिब्र गतिमा महामारीको रुपमा विश्वभर फैलने क्रमबाट नेपालपनि अछुतो नरहेको भन्दै विज्ञप्तिमा नेपालमा सन् २०२० को जनवरीमा १ जनामा देखिएको कोभिड–१९ भाइसरको संक्रमण आज देशको ७७ वटै जिल्ला र लगभग सबै पालिकाहरुमा फैलिएर चार लाखभन्दा बढी व्यक्तिहरू यसवाट संक्रमित हुनुका साथै साथै चार हजार भन्दा बढी ब्यक्तिको ज्यान समेत लिइसकेको जनाईएको छ ।

नेपालका अन्य प्रदेशहरु झै गण्डकी प्रदेश पनि कोरोना भाइरसको आक्रमणबाट अछुतो रहन सकेको छैन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जेठ १ गते सम्मको तथ्यांक अनुसार गण्डकी प्रदेशका २६ हजार तिनसय ३३ व्यक्ति संक्रमित भैसकेको अवस्थाका साथै तिनसय एककतिस जना ब्यक्तिको ज्यान समेत लिइसकोके छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचनालाई विश्लेषण गर्ने हो भने सङ्क्रमणको जोखिम दिनप्रतिदिन बढेर गएको छ र तत्काल यसमा कमी आउने अवस्था नदेखिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री