देवघाटमा एमालेको मिसन ग्रासरुट अभियान सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

देवघाट, चैत १४

पार्टी सुदृढीकरण तथा संगठन निर्माण एवं बिस्तारका लागि नेकपा एमालेले देशव्यापी रुपमा सन्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तनहुँको देवघाट गाउँपालिका–५ को देवघाटमा मंगलबार वडा कमिटिको बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुने हुँदा अव सबै कार्यकर्ताहरु निर्वाचन परिचालनमा खटिनु पर्ने बताए । मिसन ग्रासरुट अभियानलाई अव निर्वाचन परिचालन अभियानको रुपमा सन्चालन गर्नु पर्ने र पार्टीको पक्षमा परिणाम ल्याउनु पर्ने केन्द्रीय सदस्य पौडेलको भनाई थियो ।

उप निर्वाचनको परिणाम एमालेको पक्षमा ल्याएर वर्तमान सत्ताधारी गठबन्धनलाई जनताको माझ नंग्याउनु पर्ने केन्द्रीय सदस्य पौडेलको भनाई थियो । उनले मिसन ग्रासरुट अभियानले एमालेलाई थप मजबुद र संगठित बनाउने उनले बताए ।

वडा कमिटिका अध्यक्ष गणेश थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेल, जिल्ला कमिटिका सदस्य शिवराज जिल्ला सल्लाहाकार मोहन विक, देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, अनेमसंघ देवघाट गाउँ कमिटिकी अध्यक्ष सावित्री न्यौपाने लगायतले मिसन ग्रासरुट अभियानको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन राष्ट्रिय युवा संघ देवघाटका अध्यक्ष शुकु गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता