घुमाउनेमा पुल निर्माणमा ढिलाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १५

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्त गतिमा अगाडि बढेको हो । सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर विकास लाखेका अनुसार त्रिशुलीमाथि बनाउन थालिएको पुल मृत सञ्जीवनी निर्माण कम्पनिले ठेक्का पाएको थियो ।

मृत सञ्जीवनीले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो। बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पछि अन्तिम पटक २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ ।

डिजाइन परिवर्तन गरी विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन्। अरु काम हुनै सकेको छैन ।

पुलको चितवनको तर्फको पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दावी छ । ठेकेदार कम्पनीले १० प्रतिशत पेश्कीसमेत लगिसकेको छ । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र