व्यास १० मा एमालेको मिसन ग्रासरुट अभियान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १५

मिसन ग्रासरुट अभियान (पार्टी सुदृढीकरण तथा विस्तार अभियान ) अन्तर्गत व्यास नगरपालिका वडा नम्बर १० वडा कमिटीको वैठक तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिट्व्युरो सदस्य, तनहुँ जिल्ला ईन्चार्ज एवम् सँविधानसभा सदस्य टुकराज सिग्देल, गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला कमिटी उपसचिव प्रदिपराज अधिकारी, जिल्ला कमिटी सदस्य गणेश विक, जिल्ला सल्लाहकार परिषद सदस्यहरु मायानाथ कोईराला, मोहन सुनार, विष्णुप्रसाद ढकाल, मोहन सिँह विक, व्यास नगरकमिटी कावा अध्यक्ष तुल्सीराम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

वैठकले मिसन ग्रासरुट अभियानलाई टोल–टोल सम्म पु¥याउन र गति दिन साथै आगामी वैषाख १० गते हुने उप–निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योजनाहरु तय गरेको छ । सो बैठकको सन्चालन भिमप्रसाद ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता