तनहुँ १ मा एमालेबाट ६ जनाको नाम सिफारिस

Devghat Online

शेयर गरौ

अधिकांश कार्यकर्ता मागः सर्वेन्द्र खनाललाई उम्मेबार बनाईयोस्

देवघाट अनलाइन
दमौली, चैत १६

नेपाली काँग्रेसले उम्मेदवार छनौट गरिसक्दा एमालेले भने बल्ल उम्मेदबारको आकांक्षीको नाम संकलन गरेको छ । विहिबार पार्टी कार्यालय दमौलीमा बसेको क्षेत्रीय कमिटिको बैठकले आकांक्षी ६ जनाको नाम जिल्ला कमिटि हुँदै प्रदेश कमिटिमा पठाउने निर्णय गरेको छ ।

बैठकमा नेपाल प्रहरीका पुर्व आईजिपी सर्वेन्द्र खनाल, केन्द्रीय सहकारी विभागका सदस्य परितोष पौडेल, केन्द्रीय उद्योग विभागकी सदस्य सोभा गुरुङ्ग, प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ्ग, जिल्ला सल्लाहाकार मोहन सुनार र भानुका कार्यकर्ता किरण धितालले उम्मेबारकोलागि कमिटिमा नाम टिपाएका छन् । बैठकले उनीहरुको नाम वर्णानुक्रमको आधारमा माथिल्लो कमिटिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठकमा अधिकांश सहभागीले नेपाल प्रहरीका पुर्व महानिरिक्षक खनाललाई सर्वसम्मतीको आधारमा उम्मेदबार बनाउनु पर्ने माग गरेपनि क्षेत्रीय कमिटिले आकांक्षीहरु सबैको नाम माथिल्लो कमिटिमा पठाउने निर्णय गरेको थियो ।

उम्मेदबारको रुपमा नाम टिपाएका भानुका किरण धितालले सर्वेन्द्र खनालको पक्षमा आफ्नो उम्मेदबारी फिर्ता लिने जानकारी दिएका थिए । यसपटक पार्टीले योग्य उम्मेदबार बनाउनु पर्ने भन्दै अधिकांश सहभागीले सर्वेन्द्र खनालको पक्षमा धारणा राखेका थिए । भानु, आवुँखैरेनी, देवघाट र बन्दिपुर तथा व्यासका अधिकांश सहभागीले ६ जना विच सहमती नभए मतदानको प्रक्रियाबाट भएपनि एक जनाको नाम मात्रै सिफारिस गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण